२०८३ बैशाख ५ गते , शनिबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ७ गते , शनिबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः  मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढाएको हो ।
अब पेट्रोलको मूल्य १ सय ४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।
मूल्य समायोजनले निगमको १५ दिनमा करिब रू. २ अर्व ४० करोडबाट  करिब रू. २५ करोडले घटेर अझै करिब रू. २ अर्ब १५ करोड घाटा यथावत नै रहने निगमले जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू. २४ अर्व नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने देखिएको पनि निगमको भनाइ छ । यस मूल्य समायोजन पश्चात् भारतको सिमावर्ती बजार रक्सौलको भन्दा नेपालको विरंगज क्षेत्रको खुद्रा विक्री मूल्य नेपालतर्फ सस्तो रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार