एमसीसीको विरोधस्वरुप भद्रपुरमा मोटरसाइकल र्याली
भद्रपुर । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधस्वरुप नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले आज आज भद्रपुरमा मोटरसाइकल र्याली गर्दैछ । नगरकमिटिको निर्णयानुसार र्याली गर्न लागिएको हो ।
राष्ट्रघाती एमसीसीका विरुद्धमा आज मोटरसाइकल र्याली गर्न लागिएको भद्रपुर नगरअध्यक्ष शिव राजभण्डारीले जानकारी दिए । राजभण्डारीका अनुसार भद्रपुर वडा नम्बर १, २, ३ ले हिमाली चोकबाट दिउँसो १ बजे र वडा नम्बर ४, ५, ६, ७, ८, ९ र १० ले भद्रपुर भन्सार अगाडीबाट दिउँसो डेढ बजे मोटरसाइकल र्याली निकाल्ने छ ।
राष्ट्रिय झण्डा, एमसीसीविरुद्धको विभिन्न प्लेकार्डसहित निस्किने र्याली नगरका विभिन्न स्थानको परिक्रमा गरी चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा कोणसभामा परिणत हुने राजभण्डारीले जानकारी दिए । राजभण्डारीले सयौँको संख्यामा निकालिने मोटरसाइकल र्यालीमा राष्ट्रघाती एमसीसी विरुद्ध सबै तह र तप्काका जागरुक नेपाली नागरिकलाई सहभागी हुन आह्वानसमेत गरेका छन् ।