२०८३ बैशाख ६ गते , आईतबार

प्रतिनिधिसभा बैठक फागुन १२ सम्म स्थगित

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ८ गते , आईतबार
प्रतिनिधिसभा बैठक फागुन १२ सम्म स्थगित

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए । माओवादीका तीन जना सांसदले लिखित रुपमा नै असहमति जनाएका थिए । दर्ता भएको ३२ महिनापछि आज संसदमा टेबल भएको थियो । 

सम्बन्धित समाचार