२०८३ बैशाख ६ गते , आईतबार

सत्ता गठबन्धन फुट उन्मुख

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १२ गते , विहीबार
सत्ता गठबन्धन फुट उन्मुख

काठमाण्डौ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयले सत्ता गठबन्धन फुटतिर गएको माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो यद्यपि फुटको औपचारिक घोषणा भने भएको छैन माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय बहुपक्षीय छलफलपछि आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए

बिहीबार बिहान माओवादी एकीकृत समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपालबीच संशोधनबिना एमसीसी कुनै हालतमा स्वीकार गर्न नसक्ने निचोडमा पुगेका थिए यो निष्कर्षपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए त्यसक्रममा पनि प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डबीच एमसीसीमा सहमति जुटेन त्यसपछि दुवै नेता आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका हुन्

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए आज बिहान प्रधानमन्त्री हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण बातावरणमै आफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, नेता पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो

सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए संसद भवनमै भएको छलफलमा देउवाले पछिल्लो वस्तुस्थितिको बारेमा एमाले नेताहरुलाई जानकारी गराएका थिए

 

सम्बन्धित समाचार