२०८३ बैशाख ६ गते , आईतबार

झापामा बजार अनुगमन तीब्र

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १४ गते , शनिबार
झापामा बजार अनुगमन तीब्र

बिर्तामोड झापाका ग्यास उद्योग, पेट्रोल पम्प किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको बिहीबार शुक्रबार जिल्लाका तीन ग्यास उद्योग पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए

बजारमा बेथिति नबढोस् व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौँ’, अनुगमन समितिका संयोजक न्यौपानेले भने, ‘कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको , तर हामी बजारमा उपभोक्ताको हितका लागि वस्तु तथा सेवाको गुणस्तर कायम राख्न निरन्तर अनुगमन गरिरहेका छौँ

अनुगमन टोलीले भद्रपुर मा रहेको पराजुली एन्ड ब्रदर्श ग्यास उद्योग, मेचीनगर १४ को मेची ग्यास उद्योग विर्तामोड मा रहेको पाथीभरा ग्यास उद्योगको अनुमगन गरेको थियो ती उद्योगले उत्पादन गरी सिलप्याक गरेका सिलिन्डरमा तोकिएको मात्रामा तौल भएको वा नभएको बारेमा टोलीले प्राविधिक परीक्षण गरेको थियो सिलिन्डरको सिलबन्दीको गुणस्तर, नापतौल, राजस्व बुझाएको कागजपत्र, स्टकलगायतको बारेमा टोलीले अनुगमन गरेको थियो

झापाका ग्यास उद्योगले उत्पादन गरेका सिलिन्डरको नापतौल कागजपत्र ठीक अवस्थामा पाइएको अनुगमन टोलीले जनाएको यसैगरी टोलीले मेचीनगरको पूर्वाञ्चल सप्लायर्स, प्रनिक आयल स्टोर्स, नेम्वाड पेट्रोल पम्प, नन्दा पेट्रोल पम्प, मेट्रो पेट्रोल पम्प भद्रपुरको सन्तोष ट्रेडिड गरी पेट्रोल पम्पमा अनुगमन गरेको थियो अनुगमनमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयल निगम, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो

पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको घनत्व, मूल्य, नापतौल, कागजपत्रलगायतका विषय परीक्षण गर्दा ठीकै पाइयो’, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख जय अधिकारीले भने, ‘तर, केही पम्पमा सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिएका छौँ टोलीले ग्यास उद्योग पेट्रोल पम्पमा अग्नि नियन्त्रण तथा सुरक्षाको अवस्थाका बारेमा समेत अनुगमन गरेको थियो ती ठाउँमा अग्निसमन सिलिन्डर राखेको पाइएको थियो

 

सम्बन्धित समाचार