२०८३ बैशाख ६ गते , आईतबार

भद्रपुरमा गरिएको एमसीसी मत सर्वेक्षणमा ९७ प्रतिशत ‘चाँहिदैन’मा

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १४ गते , शनिबार
भद्रपुरमा गरिएको एमसीसी मत सर्वेक्षणमा ९७ प्रतिशत ‘चाँहिदैन’मा

भद्रपुर नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी प्रचार विभागले शनिबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा चाहिने वा नचाहिने भन्ने सम्बन्धमा मत सर्वेक्षण गरेको

प्रचार विभागले शहिद सप्ताहको अवसर पारेर भद्रपुर को वडा कार्यालय अगाडि एमसीसीबारे मत सर्वेक्षण गरेको हो नगर अध्यक्ष शिवकुमार राजभण्डारीले मुलुकका लागि घातक एमसीसी परियोजना हाल संसद्मा प्रस्तुत भएकाले सोको विरुद्धमा जनमत संकलन गरिएको बताए

दिउँसा साढे एक बजेदेखि तीन बजेसम्म गरिएको मत सर्वेक्षणमा १५४ जनाले मत खसालेका थिए जसमध्ये १४९ मत चाहिँदैन, मत चाहिन्छ मत खाली (तटस्थ) खसेको थियो छोटो अवधिमा गरिएको मत सर्वेक्षणमा ९७ प्रतिशतको मत विपक्षमा देखिएको प्रचार विभागका राजु पाठकले बताए

मत सर्वेक्षणका क्रममा जनमानसमा एमसीसीविरुद्ध ठूलो आक्रोश देखिएको थियो मत जाहेर गर्नेहरुले एमसीसीको आलोचना समेत गरेका थिए

सम्बन्धित समाचार