२०८३ बैशाख ६ गते , आईतबार

नेपाली सेनाको हेलिकप्टरमा धनलक्ष्मीले जन्माइन् बच्चा

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १७ गते , मंगलबार
नेपाली सेनाको हेलिकप्टरमा धनलक्ष्मीले जन्माइन् बच्चा

सुर्खेत प्रशव पिडामा छ्टपटाइरहेकी महिलाको उद्वार गर्ने क्रममा नेपाली सेनाको हेलिकप्टरभित्र एक बच्चाको जन्म भएको मुगु जिल्लादेखि सुर्खेत लैजाने क्रममा मुगु खत्याड गाउँपालिका जुका गाउँकी २० वर्षीया धनलक्ष्मी रावलले छोरा जन्माएकी हुन्।

नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार पाइलट प्रमुख सेनानी रत्नचन्द्र श्रेष्ठले गर्भवतीको उद्वार गरेका थिए उनले भनिन्,‘सेनाको हवाई वेस क्याम्प सुर्खेतबाट गएको हेलिकप्टरले धनलक्ष्मीको उद्वार गरेको थियो आमा बच्चाको अवस्था सामान्य रहेको उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको सेना दिवसमा मानवीय उद्वार नमुनाको सेवा भएको नेपाली सेनाले जनाएको थियो

गर्भवतीलाई व्यथा लागेको १८ घण्टा भइसकेको थियो बच्चा उल्टो बसेर सुत्केरी हुन सकेको थिएन अवस्था निकै गम्भीर थियो जतिसक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने थियो, मेजर मल्लले भनिन्,‘हेलिकप्टर गर्भवती ल्याएर उडेको ३० मिनेटमा दैलेख जिल्लाको आकाशमा बच्चा जन्मिएको हो महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको समन्वयमा नेपाली सेनाले गर्भवतीको हवाइ उद्वार गरेको थियो

गर्भवतीका पति पञ्चलाल रावलले नेपाली सेनाको हेलिकप्टरले पत्नीको पुर्नजन्म दिएको भन्दै खुसी व्यक्त गरे  

सम्बन्धित समाचार