२०८३ बैशाख ६ गते , आईतबार
नेपाल आइस पाँचौ झापा गोल्ड कप : जावलाखेल २- सातदोबाटो १
बिर्तामोड । झापाको बिर्तामोड-३ स्थित डोमालाल रङ्गशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपको उद्घाटन खेलको पहिलो हाफमा जावलाखेल युथ क्लबले २ र सातदोबाटो युथ क्लबले १ गोल गरेको छ ।
खेलको शुरुवातमै सातदोबाटोको तर्फबाट मार्टिन्स कयादे अजायिले १ गोल गरेर टिमलाई अग्रता दिलाए । खेलको बाह्रौं मिनेटमा जावलाखेलको तर्फबाट जुनियरले गोल गरेर खेललाई बराबरीमा पुर्याए । खेलको ३५ औ मिनेटमा पुन: जावलाखेलको तर्फबाट जुनियरले थप १ गोल गरेर टिमलाई अग्रता दिलाए ।
खेलको दोश्रो हाफ चाँडै शुरु हुने आयोजकले जनाएको छ ।