२०८३ बैशाख ६ गते , आईतबार
झापा गोल्ड कप : दोस्रो दिनको खेलमा संकटा विजयी
बिर्तामोड । झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपको दोस्रो दिनको खेल संकटा क्लबले जितेको छ । संकटाले नेपाल पुलिसलाई १-० गोल अन्तरले जितेको हो ।
संकटाको तर्फबाट दोस्रो हाफको २० मिनेटमा विदेशी खेलाडी ग्लोरीको पासमा उत्तम राईले गोल गरेका थिए । संकटामाथि दबाब कायम राखेको पुलिसले गोल गर्न भने सकेन ।
जितसँगै संकटा क्लब क्वाटर फाइनल प्रवेश गरेको छ । आजको खेलको उत्कृष्ट खेलाडी बिजेता टीम संकटाका फोडे फोफोना घोषित भए ।
खेलका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई सिल्भर स्पोन्सर डिलाइट फुडका प्रदेश १ का सेल्स प्रमुख सागर रिजालले मायाको चिनो प्रदान गरेका थिए । भोलिको खेल सातदोबाटो र सशस्त्र प्रहरी बलबिच हुने आयोजकले जनाएको छ ।