२०८३ बैशाख ६ गते , आईतबार

झापा गोल्ड कप : आज महिलाहरुलाई प्रवेश निशुल्क

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २४ गते , मंगलबार
झापा गोल्ड कप : आज महिलाहरुलाई प्रवेश निशुल्क

बिर्तामोड झापाको डोमालाल राजवंशी रंगशालामा जारी गोल्ड कपमा आज महिलाहरुलाई प्रवेश निशुल्क गरिएको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल आइस पाँचौ झापा गोल्ड कप हेर्न महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको हो

नारीहरुलाई अवसरमात्र हैन सम्मानपनि गर्नुपर्छ,’ गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले भने,‘उहाँहरुको सम्मान स्वरुप फुटबलको मनोरञ्जनका लागि आज विना टिकट महिलाहरुलाई प्रवेश गर्न दिनेछौँ जारी गोल्ड कपमा आज संकटा क्लब थ्रीस्टार क्लबबिच खेल हुने आयोजकले जनाएको संकटाले नेपाल पुलिस क्लबलाई पराजित गरेर क्वार्टर फाइनल प्रवेश गरेको थियो

प्रतियोगितामा सहभागीहरुलाई गोलाप्रथाबाट डिलाइट फुडको तर्फबाट दैनिक तीन जना भाग्यशाली दर्शकलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको कम्पनीका प्रदेश सेल्स अफिसर सागर रिजालले जानकारी दिए डिलाइटले कार्यक्रमका प्रमुख अतिथी दुवै टिमका म्यानेजरहरुलाई दैनिक आकर्षक मायाको चिनो समेत प्रदान गर्दै आएको

प्रतियोगिताको फाइनल फागुन ३० गते हुने झापा गोल्ड कपका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए पौडेलका अनुसार प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार उपविजेताले लाख पाँच हजार रुपैँया प्राप्त गर्ने छन् मस्ट भ्यालुएवल प्लेयरले एक थान मोटरसाइकल पाउने छन् प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ प्रत्येक खेलको म्यान अफ म्याचले नगद हजार ९९९ रुपैयाँ पाउनेछन्

सम्बन्धित समाचार