२०८३ बैशाख ६ गते , आईतबार

झापा गोल्ड कप : संकटा सेमिफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २४ गते , मंगलबार
झापा गोल्ड कप : संकटा सेमिफाइनल प्रवेश

बिर्तामोड संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो

संकटाको जितका लागि विदेशी खेलाडी यानिक फोडे फोफोनाले गोल गरे खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट फोडे फोफोनाको पासमा यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो पहिलो हाफ को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्याे खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे

थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए खेलको ३६ औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो

मंगलबारको खेलको प्लेयर अफ म्याच संकटाका गोलरक्षक रोहित कार्की भए उनले नगद हजार ९९९ रुपैयाँ पाए

बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए

आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो कार्यक्रमको अध्यक्ष तिलोत्तममा खत्री, प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य डा. डिला संग्रौला लगायत सबै अतिथिहरु महिलालाई नै बनाइएको थियो

कार्यक्रममा पूर्व खेलाडी तथा एन्फा अध्यक्ष बिन्द्रा देवानलाई सम्मान गरिएको थियो डिलाइट फुडका तर्फबाट प्रदेश का सेल्स अफिसर सागर रिजालले दुवै खेलका म्यानेजर भाग्यशाली तीन जना दर्शकहरुलाई मायाको चिनो तथा उपहार प्रदान गरेका थिए    

सम्बन्धित समाचार