२०८३ आश्विन १७ गते , शनिबार

‘गाउँ गाउँमा कांग्रेस’ अभियान, उमेशजङ्ग रायमाझी झापा कमाण्डर

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २५ गते , बुधबार
‘गाउँ गाउँमा कांग्रेस’ अभियान, उमेशजङ्ग रायमाझी झापा कमाण्डर

बिर्तामोड । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव लक्षित कार्यक्रम गर्ने भएको छ । पार्टीले ‘गाउँ गाउँमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागेको हो ।

कांग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको कांग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।

कांग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । पार्टीले झापामा उमेशजङ्ग रायमाझी, इलाममा सरिता प्रसाईँ, पाँचथरमा राजिव ढुङ्गाना र ताप्लेजुङमा तारामान गुरुङ्गलाई जिम्मेवारी तोकेको छ ।

निर्वाचनमा कांग्रेसलाई जिताउन भन्दै एक महिना गाउँ गाउँमा काँग्रेस अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने कांग्रेसले जनाएको छ । 

सम्बन्धित समाचार