२०८३ बैशाख ६ गते , आईतबार

तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने देउवाको भनाई

गठबन्धनका नेतालाई चिढ्याउने अभिव्यक्ति नदिन निर्देशन

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २६ गते , विहीबार
तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने देउवाको भनाई

काठमाण्डौ प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् नेपाली काँग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन्

करिब मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको आवश्यकता औंल्याए काँग्रेसमा शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो

महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ शेखर कोइराला लगायतले गठबन्धन गर्न नहुने बताइरहँदा पहिलो पटक सार्वजनिक अभिव्यक्तिका रुपमा यस्तो निर्देशन पनि दिएका छन् एक महिने चुनावी अभियानका ७७ वटा जिल्लामा प्रतिनिधिका रुपमा खटाइएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदा पनि देउवाले गठबन्धनका नेताको मनमा चिसो पस्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए

देउवाले सार्वजनिक कार्यक्रमबाटै पार्टीभित्रका चुनावी गठबन्धन विरोधी अभिव्यक्ति नदिन आग्रह गरेका हुन् हाम्रा साथीहरुको बोलीले गठबन्धनका साथीहरुलाई चिसो पस्ने कुरा गर्नु हुँदैन गठबन्धनका साथीहरुलाई बेवास्ता गर्ने कुरा छैन

 ०७४ को आम चुनावको परिणाम स्मरण गराउँदै देउवाले गठबन्धन मिलेर जानुपर्ने बताए हामीले सबैको सहयोग लिएर जानुपर्छ ७४ को चुनावमा हाम्रो हालत के थियो रु हामी सबै ठाउँमा चुनाव हारेका थियौं

सत्ता गठबन्धन मिलेर जाँदा स्थानीय तह, प्रदेश केन्द्रमा फेरि सरकार बनाउन सकिने देउवाको भनाइ थियो अहिले गठबन्धनको सरकार यो गठबन्धन मिलेर चुनाव लड्दा स्थानीय तहदेखि प्रदेश केन्द्रमा पनि फेरि हाम्रो सरकार बनाउन सक्छौं

अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने उनको बुझाइ कसै कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता त्यसैले गठबन्धनका साथीहरुको सहयोगले सरकारमा बसेको हो प्रधानमन्त्री भएको छु,’ देउवाले भने, ‘गाउँमा जिल्लामा केही समस्या होलान् त्यसलाई कुरा गरेर मिलाउनुपर्छ

यो कुरा काँग्रेसका नेताहरुले बुझ्नुपर्ने प्रधानमन्त्रीले बताए उनले भने, ‘नेताहरु सबै बुझ्ने हुनुहुन्छ सबै नेताले बुझ्नुपर्छ गठबन्धनलाई हामीले एक साथ लागौं मुलुक, प्रजातन्त्र काँग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको देउवाको दाबी त्यस कारण हाम्रा बोली भाषाले गठबन्धनका साथीहरुलाई चिड्याउने काम छैन

देउवाले एमाले विभाजन भएपनि सशक्त नै रहेको पनि पार्टीका नेताहरुलाई स्मरण गराए उनले भने, ‘अर्कोतिर विपक्षी ओलीको एमाले पार्टी सिद्धिएको छैन, सशक्तै

त्यसैले गठबन्धनका सम्बद्ध दलका नेता कार्यकर्तालाई सशंकित बनाउने भन्दा मिलेर जाने कुरामा लाग्न प्रधानमन्त्री देउवाले निर्देशन दिए स्थानीय चुनाव आएको कहाँ कहाँ सकिन्छ कहाँ कहाँ सकिँदैन मिलाउनुपर्छ तर गठबन्धनका साथीहरुलाई सशंकित पारेर काम छैन सबै पार्टीको सहयोगले एमसीसी पास भएको देउवाले बताए

 

सम्बन्धित समाचार