२०८३ बैशाख ६ गते , आईतबार

माओवादी केन्द्र बिर्तामोड अध्यक्षमा मोहन सुब्बा

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २७ गते , शुक्रबार
माओवादी केन्द्र बिर्तामोड अध्यक्षमा मोहन सुब्बा

बिर्तामोड । लामो समयको रस्साकसीपछि नेकपा माओवादी केन्द्रले बिर्तामोड नगर कमिटीको पदाधिकारी टुङ्गो लगाएको छ । पार्टीको नगर अध्यक्षमा मोहन सुब्बा चयन भएका छन ।
पार्टीले सात सदस्यीय पदाधिकारी चयन गरेको छ । उपाध्यक्षद्वय जनबहादुर (जेबि) जबेगु र कमल कडरिया चयन भएका छन । त्यस्तै सचिव गणेश कालिकोटे, सहसचिव सन्दिप प्रसाईं र कोषाध्यक्ष कृष्ण लिम्बू चयन भएका छन । महिला उपाध्यक्ष टुङ्गो लगाउन बाँकी छ ।
माओवादी केन्द्रले शुक्रवार नगर पार्टी कार्यालयमा घोषणा सभा आयोजना गरि पदाधिकारीको नाम सार्वजनिक गरेको हो ।
नगर इन्चार्ज युवराज दाहालले संचालन गरेको कार्यक्रममा नयाँ निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु), जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिंह दर्लामी, झापा संयोजक अग्नि आचार्य (राजु) लगायतले शुभकामना दिएका थिए । 

सम्बन्धित समाचार