२०८३ बैशाख ६ गते , आईतबार

माओवादी अध्यक्ष प्रचण्ड आज विराटनगर आउँदै

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २९ गते , आईतबार
माओवादी अध्यक्ष प्रचण्ड आज विराटनगर आउँदै

विराटनगर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डविराटनगर आउने भएका छन् प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरु आज विराटनगर आउन लागेका हुन्

नेकपा माओवादी केन्द्रको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्र प्रदेश का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए

केही समय अघि सम्पन्न महाधिवेशनबाट पारित पार्टीको नीतिहरुलाई तलसम्म प्रसार गर्न आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एकरुपताका साथ कार्यकर्ता परिचालन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु, प्रदेश परिषद्का सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, प्रदेश प्रतिनिधि, प्रदेश विभागका पदाधिकारी तथा सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरु जिल्ला संयोजकहरु, स्थानीय तहका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुने बताइएको

नेकपा माओवादी केन्द्रले बागमती प्रदेश कर्णाली प्रदेशमा यस प्रकारको प्रशिक्षण सम्पन्न गरिसकेको प्रदेश पछि लुम्बिनी, सुुदूरपश्चिम अन्य प्रदेशहरुमा प्रशिक्षण कार्यक्रम तय भएको बताइएको

सम्बन्धित समाचार