२०८३ असार १४ गते , आईतबार

अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार विष्णुकुमार भट्टराईलाई

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १५ गते , मंगलबार
अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार विष्णुकुमार भट्टराईलाई

बिर्तामोड साहित्यकार विष्णुकुमार भट्टराई पुरस्कृत भएका छन् भट्टराई अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कारबाट पुरस्कृत भएका हुन्

झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिले यो बर्ष साहित्यकार भट्टराईलाई पुरस्कृत गरेको हो मंगलबार एक कार्यक्रमका बिच भट्टराईलाई ५१ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो भने उनकी श्रीमती रुकमणि भट्टराईलाई समेत सम्मान गरिएको  थियो अर्जुनधारा नगर क्षेत्रभित्र भाषा, कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरी गएको बर्षबाट स्थापित पुरस्कार गत बर्ष साहित्यकार सरोज ओलीलाई प्रदान गरिएको थियो   

कार्यक्रमका बिच समितिले अर्जनधारा स्थित शनिश्चरेमा अर्जुनधारा सामुदायीक पुस्तकालयको उद्घाटनसमेत गरेको

सोही कार्यक्रममा नेवाः देव दबुलाई लाखेको मकुण्डो भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समिति वडा नम्बर ३ लाई पञ्चेवाजा प्रदान गरिएको नगरपालिकाका प्रेस संयोजक नन्दु खतिवडाले जानकारी दिए

भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिकी संयोजक शुसिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुण्य खरेल, नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता राई, वडाध्यक्ष ध्यानबहादुर भारती, गीतकार हस्त परियार लगायतको उपस्थिती रहेको थियो

 

सम्बन्धित समाचार