२०८३ बैशाख ६ गते , आईतबार

एमाले बिर्तामोडको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १९ गते , शनिबार
एमाले बिर्तामोडको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ। पार्टीले शनिबार बिर्तामोड-५ देवि मावि अगाडि कार्यालयको उद्घाटन गरेको हो ।
बिर्तामोड नगर र वडा नम्बर ५ का लागि संयुक्त कार्यालय शुरु गरिएको नेकपा एमाले वडा नम्बर-५ का अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि कार्यालय स्थापना गरिएको बास्कोटाले बताए । कार्यालयको पार्टीका पोलिट्ब्युरो सदस्य तथा प्रदेश इन्चार्ज देवराज घिमिरेले उद्घाटन गरेका हुन । कार्यक्रममा पोलिट्ब्युरो सदस्य तथा झापा इन्चार्ज अग्नि खरेल, अन्तर्राष्ट्रिय समन्वय समितिका पवित्रा निरौला खरेललगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार