२०८३ बैशाख ६ गते , आईतबार

बचत–ऋणले मात्र तीन खम्बे अर्थनीतिको मर्म पूरा हुँदैन : मन्त्री सरावगी

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २१ गते , सोमबार
बचत–ऋणले मात्र तीन खम्बे अर्थनीतिको मर्म पूरा हुँदैन : मन्त्री सरावगी

बिर्तामोड सहकारीहरुले बचत संकलन तथा ऋण प्रवाह मात्र गरिरहँदा राज्यले विकासमा अपनाएको नीजि क्षेत्रसरकारसहकारीको तीन खम्बे अर्थनीतिको मर्म पूरा नहुने बताइएको झापाको बिर्तामोड मा रहेको सहारा नेपाल साकोस लि.को २७औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रदेश का भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले त्यस्तो धारणा व्यक्त गरेका हुन

मन्त्री सरावगीले राज्यले अघि सारेको तीन खम्बे अर्थनीति पूरा गर्न सहकारीले बचत ऋणको अलवा अन्य क्षेत्रलाई समेत समेट्नु पर्ने बताए विदेशिने युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्न तथा उद्यमशिल बनाउन सहकारीले काम गर्नुपर्ने सरावगीको राय थियो उनले गरिबी निवारणको क्षेत्रमा सहकारीले काम गर्न सक्ने बताउँदै सहकारीहरु उत्पादनमूलक क्षेत्रमा लाग्नु पर्ने सुझाव दिए काम गर्ने कुरामा कुनै कानुनी जटिलता भए आफूलाई सुझाव दिन आग्रह गर्दै मन्त्री सरावगीले त्यस्ता कानूनी जटिलता हटाएर काम गर्ने वातावरण बनाउन आफू लागि पर्ने बताए केहि सहकारीले बचत कर्ताको रकम दुरुपयोग गरेका घटना स्मरण गर्दै सरावगीले त्यस्ता बेथिति रोक्न सहकारी संघलाई आग्रहसमेत गरे

बार्षिकोत्सवको अवसरमा एटीएम सेवा शुरु

बार्षिक उत्सवको अवसरमा सहाराले एटीएम सेवा शुभारम्भ गरेको सहाराले बिर्तामोड मा रहेको मुख्य कार्यालयपरिसरमा रहेको एटीएम बुथको उद्घाटन गरेको हो झापाको दुई स्थानमा रहेको सहाराको एटीएम बुथसँगै एससीटी नेटवर्क प्रयोग हुने बैँकका एटीएम बुथबाट पैसा झिक्न सकिने प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए

कार्यक्रममा बोल्दै अतिथीहरुले सहाराले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गरे कार्यक्रममा नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवे, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्की, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए उनीहरुले सहाराले चाँडै सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए

२०५२ साल चैत्र २१ गते ३३ जना शेयर सदस्यले संकलन गरेको ३४ हजार रुपैँया पूँजीबाट शुरु भएको सहारा नेपालको २७ औँ बर्षमा आइपुग्दा लाख ६० हजार सदस्य अर्ब ६५ करोड रुपैँया शेयर पूँजी पुगेको संस्थाले वटा जिल्लामा ७७ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको कार्यकारी अधिकृत गिरीले बताए गिरीका अनुसार लघुवित्तमार्फत महिला शसक्तिकरणमा योगदान गरेबापत सन २०१२ मा सीयुएमआई पर्फरमेन्स अवार्ड सदस्यहरुको संरक्षणमा काम गरेबापत सन २०२१ स्मार्ट सर्टिफिकेट गरी दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको

 

सम्बन्धित समाचार