२०८३ आश्विन १७ गते , शनिबार

एमाले अध्यक्ष ओलीले लखन थापाबारे दिएको अभिव्यक्ति फिर्ता लिन माग

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २२ गते , मंगलबार
एमाले अध्यक्ष ओलीले लखन थापाबारे दिएको अभिव्यक्ति फिर्ता लिन माग

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदको बिषयमा दिएको अभिव्यक्ति विवादास्पद बनेको छ । नेपाल मगर संघ रुपन्देहीले ओलीले नेपालको प्रथम शहीद लखन थापाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

ओलीले गत चैत १८ गते एक कार्यक्रममा शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति संघले आपत्ति जनाएको हो ।

संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदायमाथि अपमान भएको जनाएको छ । ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए ।

पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती दिए ।

सम्बन्धित समाचार