२०८३ बैशाख ६ गते , आईतबार

झापाका २ लाख १५ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २३ गते , बुधबार
झापाका २ लाख १५ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

बिर्तामोड सरकारले अभियानको रुपमा टाइफाइड बिरुद्धको खोप (टाइफिबेभ) लगाउदैँछ आगामी चैत्र २५ गतेदेखि संचालन हुने अभियानमा झापाका लाख १५ हजार ३५० बालबालिकालाई खोप लगाइने भएको हो

स्वास्थ्य कार्यालय झापाले बुधबार बिर्तामोडमा संचारकर्मीहरुसँग अन्तर्कृया गर्दै विद्यालय जाने उमेर समुहका लाख ४७ हजार ५८० जना विद्यालय जाने उमेर नभएका ३७ हजार १५५ जना बालबालिकालाई यो खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरी पौडेलले जानकारी दिए पौडेलका अनुसार १५ महिनादेखि १५ बर्ष उमेरसमुहका बालबालिकालाई यो खोप लगाइने

झापामा शिवसताक्षी गौरादह नगरपालिकामा दोश्रो चरणमा बैशाख देखि १० गतेसम्म अन्य पालिकाहरुमा पहिलो चरणमा चैत्र २५ देखि ३० गतेसम्म खोप अभियान संचालन गरिने पौडेलले जानकारी दिए झापाका ६९० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उनले बताए

फोहोर खानेकुरामा भएको ब्याक्टेरियाका कारण हुने टाइफाइड रोगलाई प्राण घातक रोगको रुपमा विश्व स्वास्थ्य संगठनले लिएर अभियानको रुपमा खोप संचालन गर्न लागिएको हो नेपालका अस्पतालमा भर्ना हुने बिरामी मध्ये टाइफाइडका रोगी चौथो नम्बरमा पर्दछन प्रत्येक बर्ष लाख ५० हजार मानिस टाइफाइडबाट संक्रमित हुने गरेको तथ्याङ्क पाइन्छ

सरकारले हालसम्म नियमित संचालन गर्दै आएको १२ वटा खोपमा १३औँ खोपको रुपमा टाइफाइड बिरुद्धको खोपलाई थप गर्न लागेको हो यो अभियान पश्चात् सरकारले १५ महिनाको उमेरमा नियमित खोपको रुपमा टाइफाइड बिरुद्धको खोप दिने भएको हो सबै उमेरका लागि यो रोगको संक्रमण हुने भएपनि १५ बर्षमुनिका लाई ११ गुणा बढी संक्रमण हुने जोखिम हुन्छ मुलुकभर चैत्र २५ देखि बैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानमा करिब ७५ लाख मानिसलाई यो खोप लगाउने सरकारको तयारी  

सम्बन्धित समाचार