२०८३ आश्विन १७ गते , शनिबार

शनिश्चरे नगर अस्पतालको शिलन्यास

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २५ गते , शुक्रबार
शनिश्चरे नगर अस्पतालको शिलन्यास

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नगर अस्पतालको शिलन्यास भएको छ । विहिबार पालिकाले शनिश्चरे अस्पतालको शिलन्यास गरेको हो ।

अर्जुनधारा–९ मा स्थानीय कृष्ण बरालको परिवारले दिएको १ विगाह १ कठ्ठा ५ धुर जग्गामा सांसद पवित्रा निरौला खरेल, नगरप्रमुख हरिकुमार राना लगायतले संयुक्त रुपमा अस्पतालको शिलन्यास गरेका हुन् । एक नगर एक अस्पतालको अवधारणा अनुसार नगर अस्पतालका लागि संघीय सरकारबाट १८ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको हो । हाललाई अस्पताल शुरु गर्नका लागि २ करोड बजेट बिनियोजन भएको अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । अस्पताल १५ शैयाको हुने बताइएको छ ।

नगरमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएपछि नगरबासीले खुशी व्यक्त गरेका छन् । स्थानीय त्रिलोचन खतिवडाले भने,‘नगरमा सुविधासम्पन्न अस्पताल नहुँदा बिर्तामोड धाउनुपर्ने बाध्यता हट्ने भएकोमा खुशी छौँ ।’ 

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष समेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष पुष्प प्रसाई, नगरप्रमुख राना, उपप्रमुख कमला खतिवडा आचार्य लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार