२०८३ आश्विन १७ गते , शनिबार

बिर्तामोड नगरपालिका प्रमुखमा माओवादी केन्द्रका तीन जनाको दाबी

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २५ गते , शुक्रबार
बिर्तामोड नगरपालिका प्रमुखमा माओवादी केन्द्रका तीन जनाको दाबी

बिर्तामोड । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरु बिच छलफल चलिरहेकै बेला नेताहरुले उम्मेद्वारी घोषणा गर्न शुरु गरेका छन् । नेकपा माओवादी केन्द्रका तीन जनाले बिर्तामोड नगरपालिकाको प्रमुखमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

दलहरुबीच उम्मेद्वारको भागबण्डालाई लिएर असन्तुष्टी बढेपछि नेकपा माओवादी केन्द्रका नेताले उम्मेद्वारी घोषणा गरेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका प्रखर युवा नेता बासु दुलालले नगर प्रमुख पदमा आफ्नो उम्मेद्वारी रहेको बताए । उनी  युवाहरु माझ लोकप्रिय मानिन्छन् ।

त्यस्तै पार्टीका प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) ले पनि मेयर पदमा आफ्नो उम्मेद्वारी रहने बताएका छन् । उनी बिर्तामोडमा स्थापित नेता हुन् । यता मेयर पदका लागि बिर्तामोड नगर कमिटि अध्यक्ष मोहन सुब्बाले पनि आफ्नो दाबी रहने बताएका छन् । मतदाता बिच सालिन नेताका रुपमा रहेका लिम्बु अघिल्लो निर्वाचनमा झिनो मतान्तरले वडा नम्बर ९ मा वडाध्यक्षमा उपविजेता बनेका थिए । 

सम्बन्धित समाचार