राप्रपाबाट बिर्तामोड ४ को वडाध्यक्षमा तीन जना आकांक्षी
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेबिच गठबन्धन हुने हल्ला चलिरहेको बेला बिर्तामोड–४ को वडाध्यक्षमा राप्रपाबाट तीन जनाले आकांक्षा राखेका छन् । खगेन्द्र थापा, कृष्ण पौडेल र राजन प्रसाईँले वडाध्यक्ष पदका लागि दावी शुरु गरेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको जिल्ला झापामा आफ्नो बलियो उपस्थिती रहेको भन्दै राप्रपाले सबै पालिकामा सम्मानजनक मत ल्याउने बताएको छ । झापाको केन्द्र बिर्तामोडको पनि मुख्य शहर भएको क्षेत्र वडा नम्बर ४ मा पार्टीले जीत हासिल गर्ने भन्दै राप्रपाका नेताले वडाध्यक्षमा दावी शुरु गरेका हुन् ।
खगेन्द्र थापा पार्टीका वडाध्यक्ष हुन् । कृष्ण पौडेल राष्ट्रिय प्रजातान्त्रिक उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य सचिव हुन् । उनी सहकारी अभियान्ता हुनुका साथै बिर्तामोडमा स्थापित औषधी व्यवसायीसमेत हुन । राजन प्रसाईँ भने केहि समय पहिले राप्रपामा नवप्रवेशी हुन ।