२०८३ बैशाख ६ गते , आईतबार

हल्दिबारी मितेरी टोलका सबै माओवादीमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २६ गते , शनिबार
हल्दिबारी मितेरी टोलका सबै माओवादीमा प्रवेश

हल्दिबारी झापा हल्दिबारी गाउँपालिका वडा नम्बर मितेरी टोलका सबै आमराघुट्टु टोलका स्थानीय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् नागरिकता दिलाएर नेपालको नागरिक बनाउने नै माओवादी केन्द्र भएको भन्दै स्थानीयहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्

नेकपा माओवादी केन्द्र हल्दिबारी वडा नम्बर ले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा मितेरी टोलका सबै आमराघुट्टु टोलका केहि स्थानीय अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए राज्यबाट उपेक्षित सिमान्तकृत सन्थाल, आदिवासी तथा कथित दलितहरुको बसोबास रहेको उक्त टोलका करिब ४० जना स्थानीय माओवादी केन्द्रमा प्रवेश गरेको क्षेत्र नम्बर का माओवादी केन्द्रका संयोजक भवानी दंगालले जानकारी दिए

नेपाली नागरिक भएपनि नागरिकता विहिन हुँदा विभिन्न समस्या झेल्नुका साथै सरकारी सुविधाबाट बञ्चित भएर बसेको अवस्थामा माओवादी पार्टीकै कारण नागरिकता प्राप्त गर्न सकिएको भन्दै स्थानीयहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए नवप्रवेशीहरुलाई पार्टीको जिल्ला सहइन्चार्ज ज्योतिसिं दर्लामी, संविधानसभा सदस्य तथा पार्टीका जिल्ला सचिव मोहन टुडुसरोज, क्षेत्र नम्बर का पार्टी संयोजक भवानी दंगाल लगायतले अबिर तथा खदा लगाएर स्वागत गरेका थिए

हाम्रो नागरिकता भयो, माओवादी राम्रो लाग्यो, स्थानीय प्रेम पुरकुटीले भने,‘गरिब दुःखीले नागरिकता पाए, शिक्षा पाए, रोजगारी पाए जनताको दुःखमा माओवादीले साथ दिएकाले पार्टीमा प्रवेश गरेको पुरकुटीको भनाई

 

पार्टीका अर्का नवप्रवेशी पवित्रा तोलाङ्गीको भनाईपनि उस्तै थियो गरिब दुःखीको पक्षमा माओवादीले मात्र काम गर्छ भनेर प्रवेश गरेको हुँ, तोलाङ्गीले भनिन् अरु पार्टीले गरिबको लागि काम गर्छ भन्ने नलागेको उनको भनाई थियो

 

मन्दिरमा झुक्याएर एमाले प्रवेश गरेको हल्ला चलाए : मान्युङ्ग

माओवादीका जनमुक्ति सेनामा सेक्सन कमाण्डर भएर करिब बर्ष काम गरेका हल्दिबारी का सन्तबहादुर (सन्तोष) मान्युङ्गले आफू मन्दिरमा गएको बेला त्यहाँ कार्यक्रम गरिरहेको नेकपा एमालेका कार्यकर्ताहरुले आफूलाई एमाले प्रवेश गरेको भनेर अफवाह फैल्याएको भन्दै आक्रोश व्यक्त गरे माओवादी पार्टीमा गरेको त्यत्रो योगदान बिर्सन सकिँदैन, मान्युङ्गले भने करिब हप्ता अगाडी स्थानीय दुर्गा मन्दिरमा गएको बेला फोटो खिचेर एमालेका कार्यकर्ताले पार्टी प्रवेश गरेको भन्दै भाइरल बनाएको उनको भनाई

प्रशिक्षण कार्यक्रममा बोल्दै संविधान सदस्य तथा पार्टीका जिल्ला सचिव टुडुले राज्यकै कारण सन्थालहरु खोला तथा जंगल छेउ विकट भूभागमा बस्न बाध्य हुनु परेको बताउँदै मिठो आश्वासन दिएर हिड्ने दलको पछि नलाग्न आग्रह गरे नेकपा माओवादी केन्द्र सबै दलित, उत्पीडित , दलित, आदिबासी, जनजाति, सिमान्तकृत जनताको पक्षमा काम गर्ने पार्टी भएको भन्दै पार्टी प्रवेश गरेकाहरुलाई धन्यवाद दिए तुर्सा हेमरमको उदाहरण दिँदै टुडुले नेकपा माओवादीकै कारण सन्थाल समुदायको भएरपनि आफू संविधानसभा सदस्य भएको यो पार्टीले सिंगो सन्थाल समुदायलाई दिएको सम्मान भएको बताए टुडुले आफ्नो पार्टीका जनप्रतिनिधीले हल्दिबारी मा गरेको उदाहरणीय जनमुखी कामहरुको चर्चा गरेका थिए

कार्यक्रममा सन्थाल समुदायको संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिएको थियो सन्थाल समुदायका अगुवा स्थानीयमाझी हडम सरकार किस्कुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र हल्दिबारीका इञ्चार्ज राजेन्द्र योङहाङ, अध्यक्ष दिपक खरेल, गाउँ कमिटि सचिव जितबहादुर राजवंशी, वडा नम्बर का अध्यक्ष उमेश विमली, विक्रम विक, टिका राउत, खगेन राजवंशीलगायत कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो

 

सम्बन्धित समाचार