उम्मेदवार छनौटका बिषयमा सामाजिक संजालमा गरिएको प्रचार अनाधिकृत : एमाले
बिर्तामोड । नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधि छनौटका बिभिन्न प्रक्रिया चलिरहेको जनाएको छ । प्रक्रिया चलिरहेकै बेला कार्यकर्ताको अभिमत बुझ्ने कार्यलाई सामाजिक संजालमा उम्मेदवार छनौट भैसकेको ढंगले प्रचार भएको भन्दै त्यो आधिकारिक नभएको प्रष्ट्याएको छ ।
एमालेले स्थानीय तहका लागि उम्मेदवार छनौट गर्दा धेरै जना आकांक्षी भएको ठाउँमा आन्तरिक चुनाव गरेको थियो । त्यसरी गरिएको चुनावबाट प्राप्त मत परिणामका आधारमा कार्यकर्ताले उम्मेदवार छनौट भैसकेको भन्दै सामाजिक संजालमा पोष्ट गर्न थालेपछि पार्टीले शनिबार विज्ञप्ति जारी गरि त्यसरी सामाजिक संजालमा गरिएको प्रचार आधिकारिक नभएको जनाएको हो । विज्ञप्तिमा अधिकतम लोकप्रिय, निष्ठावान, प्रतिवद्ध उम्मेद्वार छनौट गर्न आन्तरिक जनवाद प्रयोग गरिरहेको उल्लेख छ । एमाले झापा अध्यक्ष दीपक कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निश्चित समयमा उम्मेदवार छनौट प्रक्रिया सकिने भन्दै धैर्य गरिदिन कार्यकर्तालाई अपिल गरिएको छ ।