२०८३ बैशाख ६ गते , आईतबार
नेकपा एसका नेता कन्दङ्वा र गिरी एमालेमा फर्किने तयारीमा
बिर्तामोड । नेकपा समाजवादीका केन्द्रीय नेताहरु नेकपा एमालेमा फर्कने तयारीमा छन । समाजवादीका नेताहरु झापा निवासी लोकबन्धु कन्दङ्वा, गोपी गिरीलगायत एमालेमा फर्कने अन्तिम तयारीमा रहेका हुन ।
माधव नेपाल समुहले नेकपा एमालेबाट बाहिरिएर नेकपा समाजवादी गठन गरेसँगै समाजवादीमा प्रवेश गरेका उनीहरु नेकपा एमालेमा फर्कने अन्तिम तयारीमा रहेको श्रोतले बताएको छ । कन्दङ्वा समाजवादीका केन्द्रीय सदस्य हुन भने गिरी सल्लाहकार हुन । उनीहरुसँगै ब्यवसायी बुद्धि घिमिरेपनि एमालेमा प्रवेश गर्ने बुझिएको छ ।