२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा नागरिक सामुदायीक अस्पताल निर्माण हुँदै

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २७ गते , आईतबार
बिर्तामोडमा नागरिक सामुदायीक अस्पताल निर्माण हुँदै

बिर्तामोड एक दशकअघिसम्म सामान्य अस्पताल फार्मेसीले स्वास्थ्य सेवा दिँदै आएको झापाको बिर्तामोडमा अहिले ठूला अस्पताल सञ्चालन गर्ने होड चलेको हस्पिटल हबको रुपमा विकास हुँदै गइरहेको बिर्तामोडमा जनस्तरबाट सञ्चालन हुने गरी नागरिक सामुदायीक अस्पतालको भौतिक संरचना निर्माण शुरु भएको

उपचार नपाएर कुनैपनि मानिसको मृत्यु नहोस भन्ने उद्धेश्यका साथ नागरिक स्वास्थ्य सहकारी संस्थाले अस्पताल निर्माण गरिरहेको अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए हामी अस्पताललाई व्यवसायीक भन्दापनि सेवामुखी बनाउँछौँ,’ उनले भने,‘मानिसहरु सामान्य उपचार समेत नपाएर अकालमा मर्नु नपरोस भन्ने हाम्रो उद्धेश्य हो अस्पतालमा पैसा अभावकै कारण उपचारबाट बञ्चित हुनु नपर्ने उनको भनाई

लकडाउनको समयमा कतिपय निजी अस्पतालले बिरामी भर्ना समेत नलिएको तीतो यथार्थले नागरिकले आफैँ अस्पताल बनाउनु पर्छ भन्ने सोँच विकास भएको पौडेलको भनाई कोरोनाको महामारीमा अस्पतालले बिरामी भर्ना गर्नै मानेनन्,’ उनले भने,‘त्यस घटनाले नागरिकले अब आफ्नो अस्पताल आफैँ अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने सोँच विकास भयो आफ्नै लगानीमा अस्पताल सञ्चालन हुँदा नागरिकलाई अपनत्व महशुस हुनुका साथै आफैँ मालिक बन्ने अवसर हुने पौडेलको भनाई

आम नागरिकले बाँच्न पाउने नैसर्गिक अधिकारलाई सम्मान गरिने कार्यकारी प्रमुख पौडेलले बताए सहकारी संस्थाले अस्पतालको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने भएकाले तुलनात्मक रुपमा नागरिक सामुदायीक अस्पतालको सेवा अन्यभन्दा सस्तो हुने पौडेलको भनाइ हाल सहकारीले बिर्तामोड–४ मा १२ कठ्ठा जग्गा लिजमा लिएर भुकम्प प्रतिरोधी संरचना निर्माण गरिरहेको भएपनि बर्ष भित्रमा आफ्नै जग्गामा एक सय बेड क्षमताको अस्पताल सञ्चालन गर्ने योजना रहेको कार्यकारी प्रमुख पौडेलले बताए हाल कम्पाण्उड निर्माणको काम सम्पन्न भएको भने वैशाख पहिलो हप्तादेखि भवनको संरचना निर्माण हुने बताइएको पौडेलका अनुसार भविष्यमा सहकारीले स्वास्थ्य प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्ने लक्ष्य राखेको

अस्पतालमा हाडजोर्नी, सर्जरी, महिला तथा प्रसुती रोग, मेडिसिन जस्ता प्रमुख सेवा, सिटी स्क्यान, एम्बुलेन्स लगायतको सेवा उपलब्ध हुनेछ अस्पतालमा सहकारीमार्फत दश जना विशेषज्ञ डाक्टरहरुको समेत लगानी रहने उनले जानकारी दिए   प्रति व्यक्ति एक लाख २५ हजार देखि लाख रुपैँयासम्म शेयर शुल्क लिएर दश हजार जना सदस्य आबद्ध गराउने लक्ष्य रहेको सहकारीमा हालसम्म तीन सय सदस्य आवद्ध भइसकेको उनको भनाई संस्थामा उद्योगी व्यवसायी, चिकित्सक, प्राध्यापक, कानून व्यवसायी, औषधी व्यवसायी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत आवद्ध भइसकेका छन् अस्पताल निर्माणका लागि करिब ५० करोड लागत अनुमान गरिएको

 

सम्बन्धित समाचार