२०८३ बैशाख ६ गते , आईतबार

राप्रपाले भद्रपुरमा उम्मेद्वार टुङ्गो लगायो

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ४ गते , आईतबार
राप्रपाले भद्रपुरमा उम्मेद्वार टुङ्गो लगायो

भद्रपुर झापामा गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तालमेल गर्ने बिषयमा छलफल चलिरहेको बेला  राप्रपाले भद्रपुर नगरपालिकाको उम्मेद्वार घोषणा गरेको आज एक कार्यक्रमका बिच राप्रपाले नगर प्रमुख, उपप्रमुखसहित ५२ वटै पदका लागि उम्मेद्वार घोषणा गरेको हो

राप्रपाले भद्रपुरको प्रमुखमा नवराज पनेरु (राजु) उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार वनाएको नगरका प्रमुख उपप्रमुख सहित १० वटा वडाको ५२ वटै पदमा उम्मेदवार घोषणा गरेको हो

भद्रपुर मा रहेको चन्द्र मौलेश्वर शिव पान्चायन मन्दिर परिसरमा भएको उम्मेदवार घोषणा कार्यक्रममा राप्रपा झापाका झापा अध्यक्ष केशव ओझाले उम्मेदवारहरूको नाम घोषणा गरेका हुन्

गत स्थानीय तह निर्वाचनमा पनि राप्रपाको तर्फबाट नगर अध्यक्षका उम्मेद्वार बनेका पनेरुले ,८२२ उपप्रमुखका उम्मेद्वार कार्कीले ,२७७ मत प्राप्त गरेका थिए उक्त निर्वाचनमा नगरमा राप्रपा चौथो दल बनेको थियो

राप्रपाले भद्रपुरको एक देखि १० नम्बर वडासम्म क्रमशः दलवहादुर लिम्बू (शंकर), रामवहादुर राई, हेमवहादुर कार्की, दिनानाथ (शंकर) रिजाल, देवकुमार घिमिरे, ढकवहादुर विष्ट, अभिषेक ढुंगाना, गणेशप्रसाद लिम्बू, ज्ञानबहादुर राई ुसविनु खेमराज भट्टराईलाई वडाध्यक्षको प्रत्यासीमा चयन गरेको

पार्टीका नगर अध्यक्ष तथा उपप्रमुखका उम्मेदवार राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पार्टी प्रवक्ता भक्तिप्रसाद सिटौला रहेका थिए  

सम्बन्धित समाचार