२०८३ बैशाख ६ गते , आईतबार

भारतमा कोरोना संक्रमण बढ्दो क्रममा, संक्रमितमध्ये २७ प्रतिशत बालबालिका

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ७ गते , बुधबार
भारतमा कोरोना संक्रमण बढ्दो क्रममा, संक्रमितमध्ये २७ प्रतिशत बालबालिका

एजेन्सी पछिल्लो केही दिनयता भारतमा बढ्दै गएको कोरोना संक्रमणले चौथो लहरको सम्भावना बढेको यसपटक बालबालिकामा सङ्क्रमण दरले चिन्ता बढाएको दिल्लीमा कोरोनाबाट अस्पताल भर्ना भएका बिरामीमध्ये २७ प्रतिशत बालबालिका रहेका छन् दिल्लीको छेउमा रहेको नोएडा गाजियाबादमा धेरै स्कुल जाने बच्चाहरू संक्रमित भएको रिपोर्टहरू छन् दिल्लीमा हाल कूल ५१ कोरोना बिरामी अस्पतालमा भर्ना छन्, जसमध्ये १४ बालबालिका छन्।

योसँगै देशमा ११ साताको गिरावटपछि पहिलो पटक कोरोना संक्रमित बढेका छन् राजधानी दिल्ली, हरियाणा, यूपीमा पनि गत हप्ता मामिलाको तीव्र वृद्धिपछि देशमा फेरि नयाँ लहरको चर्चा सुरु भएको   सोही समयमा, नोएडामा १८ अप्रिलमा १०७ कोरोना केसहरू रिपोर्ट गरिएको थियो, जसमध्ये ३३ जना बालबालिकाहरू थिए नोएडामा हालसम्म १०० बालबालिका कोरोनाबाट संक्रमित भएका छन् नोएडासँगै गाजियाबादका धेरै विद्यालयका बालबालिका पनि कोरोनाबाट संक्रमित भएका छन्

बालबालिकामा छिटो संक्रमण हुनुको कारण के हो ? यो प्रश्न एपिडेमोलोजिस्ट डा चन्द्रकान्त लहरियालाई सोध्दा उनले भने, ‘बालबालिकामा कोरोना संक्रमण भएमा आत्तिनुपर्ने अवस्था छैन विद्यालय बन्द हुँदा पनि बालबालिकामा कोरोना संक्रमण हुने गर्थे अहिले विद्यालय खुल्ने बित्तिकै केसहरु आउने क्रम बढेको

सम्बन्धित समाचार