२०८३ बैशाख ६ गते , आईतबार

गठबन्धनमा सहमति जुट्यो : कुन पदमा कुन दलको उम्मेदवार

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ७ गते , बुधबार
गठबन्धनमा सहमति जुट्यो : कुन पदमा कुन दलको उम्मेदवार

काठमाडौं सत्तारुढ गठबन्धनमा महानगर उपमहानगरको नेतृत्व लिने विषयमा सहमति भएको   साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो

सहमति पश्चात अब गठबन्धनमा देखिएको असहमति हल भएको तथा निर्वाचनमा एकढिक्का भएर जाने वातावरण तय भएको   गठबन्धनको सहमतिसँगसँगै प्रतिगामी परिवर्तन विरोधी कित्तामा खैलाबैला मच्चिएको गठबन्धनको हिजोदेखि भएको निरन्तर बैठक छलफलले गठबन्धनको एकता थप सुदृढ भएको भने यसले नेपाली राजनीतिमा सकारात्मक तरंग पनि पैदा गरेको बैठकमा सहभागी एक नेताले बताए

वुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सहमति बनेपछि पाँच दलका शिर्ष नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्  

पाँच दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहालप्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव दुर्गा पौडेलले हस्ताक्षर गरेको सहमति पत्रमा महानगर उपमहानगरको प्रमुख सहायक नेतृत्व कसले गर्ने भन्ने विषय उल्लेख

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने जितपुर सिमरा तथा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने भएको साथै, ललितपुर महानगरपालिका धरान तथा धनगढी उपमहानगरपालिकामा उपप्रमुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको

काँग्रेसले काठमाडौं, ललितपुर, विरागनगर महागरपालिका धरान, इटहरी, कलैया, बुटवल, तलसिपुर, नेपालगञ्ज तथा धनगढी उपमहागरपालिकाहरुमा प्रमुख पदमा उम्मेदवारी दिने भएको

त्यस्तै, वीरगञ्ज, भरतपुर, पोखरा महानगरपालिका जितपुर सिमरा, घोराही तथा हेटौँडा उपमहानगरपालिहरुमा उपप्रमुख पदमा काँग्रेसले उम्मेदवारी दिने भएको

पाँच दलबीच भएको सहमति अनुसार पोखरा महागरपालिका हेटौंडा उपमहागरपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको साथै, काठमाण्डौ महागरपालिका इटहरी, बुटवल तथा तुलसीपुर उपमहागरपालिकाको उपप्रमुख पदमा एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भएको हो

सहमतिअनुसार वीरगञ्ज विराटनगर महानगरपालिमामा जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा उम्मेदवारी दिने भएको साथै, जनकपुर, कलैया नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पदमा जसपाले उम्मेदवारी दिने सहमति पाँच दलबीच भएको हो

हेर्नुहोस सहमति पत्र

सम्बन्धित समाचार