झापाका गठबन्धन दलहरु सहमति नजिक
बिर्तामोड । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको बिषयमा झापाका गठबन्धन दलहरु सहमति नजिक पुगेका छन् । सबै दलले आफ्ना अडानलाई लचिलो बनाउँदै लगेपछि सहमति नजिक पुगेका हुन् ।
पछिल्लो केहि दिन यता गठबन्धन दलहरु बिच देखिएको चिसोपना वुधबारदेखि हटेको बताइएको छ । दलहरुका आ–आफनै अडानका कारण लामो समयदेखि सहमति हुन सकिरहेको थिएन । वुधबारको बैठकमा दलहरुले लचतकता देखाएसँगै सहमति नजिक पुगेको नेकपा माओवादीका झापा सहइञ्चार्ज सिपी कडरियाले जानकारी दिए । केहि दिन भित्रैमा सहमति हुने उनले बताए ।
वुधबारको बैठकमा नेकपा माओवादीका केन्द्रिय सदस्य झलकसिं दर्लामी (सन्देश), झापा सहइञ्चार्ज सिपी कडरिया, झापा संयोजक राजु आचार्य (अग्नी), सचिव मोहन टुडु (सरोज), नेपाली कांग्रेसको तर्फबाट झापा सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाई, नेकपा समाजवादीका तर्फबाट झापा अध्यक्ष बेदराज रेग्मी, नेता भाष्कर काफ्ले लगायत नेताहरु सहभागी थिए ।