२०८३ बैशाख ६ गते , आईतबार
नेपाली सेनामा कार्यरत झापाकी कोपिलाले आफैलाई गोली हानिन्
कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा रहेको शम्शेरदल गणमा गोली चलेको छ । प्रहरीका अनुसार झापा गौरादह नगरपालिका १ कि २४ बर्षीया कोपिला राजवंशीले आफैँमाथि गोली चलाएकि हुन् ।
उनी नेपाली सेनाको सिपाही हुन् । गणको भित्रि पोष्टमा कार्यरत उनले दुई गोली चलाएकी थिइन् । उनको पेटमा गोली लागेको छ ।
घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।