२०८३ आश्विन १७ गते , शनिबार

सगरमाथा अक्सिजन प्लाण्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ८ गते , विहीबार
सगरमाथा अक्सिजन प्लाण्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विहिबार विहान १० बजे सगरमाथा अक्सिजन प्लाण्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । विष्फोटमा परि अन्य चार जना घाइते भएका थिए । घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार