२०८३ बैशाख ६ गते , आईतबार

झापाको गठबन्धनमा सकस, समाजवादी एक्लैले सार्वजनिक गर्यो उम्मेदवारको सूची

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ८ गते , विहीबार
झापाको गठबन्धनमा सकस, समाजवादी एक्लैले सार्वजनिक गर्यो उम्मेदवारको सूची

बिर्तामोड झापामा गठबन्धन दलहरुबिच सहमति नजिक पुगेको भनिएको भोलिपल्टै नेकपा (एकिकृत समाजवादी)ले उम्मेदवारको नामावली सार्वजनिक गरेको समाजवादीले झापाका १५ वटै पालिकामा उम्मेदवारी घोषणा गरेको हो

कांग्रेसले अधिकांश पालिकाको प्रमुख पदमा आफ्नो दावी नछाडेपछि गठबन्धनमा सकस भएको गठबन्धन दलहरु बिच भागबण्डा नमिलेपछि समाजवादी बाहिरिएको बताइएको समाजवादीले बिर्तामोड शिवसताक्षीको उपप्रमुख मागेको थियो तर, अर्जुनधारा कमल गाउँपालिकाको उपप्रमुख उपाध्यक्षमात्र दिन गठबन्धन तयार भएपछि समाजवादीले एकलौटी उम्मेदवारको सूची सार्वजनिक गरेको बुझिएको पार्टीले गौरीगञ्ज हल्दिबारीको उपप्रमुख बाहेक सबै पालिकाको प्रमुख उपप्रमुखको नामावली सार्वजनिक गरेको हो समाजवादीका झापा प्रचार विभाग प्रमख तीर्थ सिग्देलले सामाजिक संजालमार्फत उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका हुन्

हेर्नुहोस समाजवादीले सार्वजनिक गरेको उम्मेदवारहरुको नामावली

हेर्नुहोस समाजवादीले सार्वजनिक गरेको उम्मेदवारहरुको नामावली

. मेचीनगर प्रमुख : शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ

उपप्रमुख : बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा

. बुद्धशान्ती प्रमुख : दुर्गा आचार्य, पुष्प खतिवडा

उपप्रमुख : प्रदीप धिमाल

. अर्जुनधारा प्रमुख : भास्कर काफ्ले, प्रत्युश राना

उप प्रमुख : रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा

. बिर्तामोड प्रमुख : चन्द्रकला घिमिरे, चेतानन्द निरौला

उपप्रमुख : तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला

. कनकाई प्रमुख : नारायण सिंह राजवंशी

उपप्रमुख : अम्बिका उप्रेती

. भद्रपुर प्रमुख : पुष्प पोखरेल, दुर्गा भट्टराई

उपप्रमुख : पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल

. शिबसताक्षी प्रमुख : नवीन इजम

उपप्रमुख : यसोधा भट्टराई

. कमल प्रमुख : हरीमाया मैनाली, खगेन्द्र बाराकोटी

उपप्रमुख : होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी

. गौरादह प्रमुख : खगेन्द्र दाहाल, नारायण राजवंशी

उपप्रमख : लक्ष्मीदेबी चौधरी

१०. कचनकवल प्रमुख : खेपचरण यादब

उपप्रमुख : मेहरमान राजवंशी

११. दमक प्रमुख : इन्द्र बुडाथोकी, भरतबाबू कार्की

उपप्रमुख : रामकुमारी तामाङ, लक्ष्मी चौधरी

१२. बाह्रदशी प्रमुख : लक्ष्मी पकुवाल, सीताराम बस्नेत

उपप्रमुख : सुस्मा मुर्मु

१३. गौरीगन्ज प्रमुख : हिराकाजी गिरी, हुपनारायण राजवंशी

१४. झापा प्रमुख : रामबहादुर खड्का

उपप्रमुख : इस्वरी दाहाल

१५. हल्दिवारी प्रमुख : टीका पौडेल

 

 

सम्बन्धित समाचार