२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड ८ मा कांग्रेसको तर्फबाट चिरञ्जिवी कार्कीेद्वारा उम्मेद्वारी घोषणा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ९ गते , शुक्रबार
बिर्तामोड ८ मा कांग्रेसको तर्फबाट चिरञ्जिवी कार्कीेद्वारा उम्मेद्वारी घोषणा

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर मा चिरञ्जिवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् नेपाली कांग्रेसको तर्फबाट उनले वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्

शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर कार्कीले आफू वडाध्यक्ष पदको आकांक्षी रहेको बताए कार्कीले २०४६ सालबाट नेपाली कांग्रेसमा आवद्ध भई काम गरेको पार्टीको तर्फबाट आफू वडाध्यक्ष पदको सर्वसम्मत उम्मेदवार भएको बताए पार्टीको वडा कमिटिले वडाध्यक्षमा कार्की, पुरुष सदस्यमा धर्मेन्द्र सिटौला महिला सदस्यमा सरस्वती खतिवडालाई उम्मेदवारको रुपमा अघि सारेकोे पार्टीका नम्बर वडा कमिटि सभापति उत्तम कटुवालले जानकारी दिए

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले २०४९ सालमा तत्कालिन गरामनी गाविसको नेविसं उपसभापति, २०५१ सालमा नेवि संघ कन्काई कलेज सभापति, २०५४ मा मेची क्याम्पस भद्रपुरको स्ववियू सचिव, ०५९ मा स्ववियू उपसभापति २०६० सालमा झापा क्षेत्र नम्बर को क्षेत्रीय सभापति भएर काम गरेको जानकारी दिए

लामो समय वैदेशिक रोजगारको शिलशिलामा इजरायल अमेरिका बसेका कार्कीले विदेशमा रहँदासमेत पार्टीका गतिविधीहरुमा सक्रिय सहभागी भएको बताए लामो समय नेपाली कांग्रेसमा आवद्ध भई सामाजिक कार्यमा सक्रिय भएका कारण पार्टीले आफूलाई उम्मेदवारको रुपमा अघि सारेको कार्कीको भनाई कार्कीले अहिलेपनि आर्थिक अभाव भएका / जना किड्नीका बिरामीहरुलाई डाइलाइसिस गराइरहेको बताए

वडाध्यक्षमा किन उम्मेदवारी दिँदै हुनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले आफू वडाध्यक्ष भएमा हेर्दा सानो भएपनि जटिल समस्याको रुपमा रहेको मच्छड न्यूनिकरण गर्ने, सडकमा भएका धुवाँधुलो न्यूनिकरण गर्ने, भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाएर विकासका काममा लाग्ने, राज्यले उपलब्ध गराउने तलबभत्ता बापतको पैसाले गरिबको छोराछोरीलाई पढाउने लगायतका योजनाहरु प्रस्तुत गरे

आफू जनताको प्रत्यक्ष सेवाकै लागि विश्वका मानिसहरुको सपनाको मुलुक अमेरिका छोडेर आएको बताउँदै वडाध्यक्षमा चुनाव हारेपनि गाउँ मै रहेर जनताको सेवा गर्ने सोँच बनाएको हुँदा सम्पूर्ण मतदातालाई मत दिन कार्कीले आग्रहसमेत गरे    

सम्बन्धित समाचार