२०८३ बैशाख ६ गते , आईतबार

कनकाईको प्लाण्टबाट अक्सिजन उत्पादन शुरु

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ९ गते , शुक्रबार
कनकाईको प्लाण्टबाट अक्सिजन उत्पादन शुरु

सुरुङ्गा कोरोना संक्रमणको समयमा बिरामीको घरघरमा अक्सिजन सिलिण्डर पुर्याएर चर्चा कमाएको झापाको कनकाई नगरपालिकालमा अक्सिजन उत्पादन शुरु भएको कनकाई स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा रहेको अक्सिजन प्लाण्टबाट उत्पादन शुरु भएको हो

कोरोना संक्रमणको समयमा अक्सिजन अभावमा बिरामीहरुले छट्पटाउनु परेको तीतो यथार्थबाट अक्सिजन प्लाण्ट जडान गर्नुपर्ने आवश्यकता महशुस भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए कोरोना महामारी उत्कर्षमा पुगेको बेला बर्षको अवधीमा राज्यबाट प्राप्त १० लाख रुपैँया सहयोग घोषणा गरेर पोखरेलले अक्सिजन प्लाण्ट स्थापना शुरु गरेको बताए स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले प्लाण्ट स्थापना गर्न ५० लाख रुपैँया सहयोग गरेको पोखरेलको भनाई करोड ४९ लाख ५५ हजार ३१५ रुपैँया ७५ पैसामा ललितपुरस्थित एभरेष्ट लाइन सप्लायर्सले प्लाण्ट आपूर्तीको ठेक्का पाएको थियो

टर्कीको मेन्टिस इन्जिनियरिङ कम्पनीको प्लाण्टबाट दैनिक ४० लिटरको १६० वटा सिलिण्डर ग्यास उत्पादन हुने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्लेले जानकारी दिए एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिने उनले बताए प्लाण्टमा हाल एक पटकमा १२ वटा सिलिण्डर भर्न सकिने गरि व्यवस्था मिलाइएको प्लाण्टबाट उत्पादित अक्सिजनमा ९६ प्रतिशत शुद्धता हुने बताइएको प्लाण्ट केहि महङ्गो भएपनि अक्सिजनको शुद्धतालाई ध्यान दिएर युरोपीयन ब्राण्ड रोजेको नगर प्रमुख पोखरेलले बताए अक्सिजन प्लाण्टका कारण बिरामीहरुलाई सहजता हुने उनले बताए ढिलै भएपनि प्लाण्ट सञ्चालनमा आएको आफूहरुले गरेको प्रतिबद्धता पूरा भएको उनको भनाई  

सम्बन्धित समाचार