२०८३ बैशाख ६ गते , आईतबार

राप्रपा प्रवेश गरेको भनेर गलत प्रचार गरियो : शंकर बा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ९ गते , शुक्रबार
राप्रपा प्रवेश गरेको भनेर गलत प्रचार गरियो : शंकर बा

बिर्तामोड नेकपा माओवादी केन्द्र बाह्रदशी वडा नम्बर का पूर्व वडाध्यक्ष शिवप्रसाद शिवाकोटी (शंकर बा)ले आफुले पार्टी परिवर्तन गरेको भन्ने हल्ला निराधार भएको बताएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले आफूलाई राप्रपा प्रवेश गरेको भनेर हल्ला चलाएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा त्यस्ता कुप्रचार रोक्न राप्रपाका कार्यकर्तालाई सचेत गराएका हुन्

सो क्षेत्रका केहि मानिस राप्रपामा प्रवेश गरेको उनीहरुसँगै आफ्नोपनि नाम उल्लेख गरिएको भन्दै शिवाकोटीले आपत्ति जनाएका हुन् लामो समयदेखि  नेकपा माओवादी केन्द्रमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको भन्दै शिवाकोटीले यो उमेरमा अब अरु पार्टीमा जाने परको कुरा सोँच्नसमेत नसकिने बताए शिवाकोटीले तथ्यहिन हल्लाको पछाडी नलाग्न पार्टी सदस्य तथा शुभेच्छुकहरुलाई आग्रह समेत गरेका छन्

  

सम्बन्धित समाचार