२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडसहित झापाका १५ वटै पालिकामा उम्मेदवारी दर्ता

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ११ गते , आईतबार
बिर्तामोडसहित झापाका १५ वटै पालिकामा उम्मेदवारी दर्ता

बिर्तामोड वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको १५ वटै पालिकामा उम्मेदवारी दर्ता भएको मनोनयन दर्ताको आज पहिलो दिन झापामा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मंगोलनेशनल अर्गनाइजेशन (एमएनओ), मौलिक जरोकिलो पार्टी स्वतन्त्र उम्मेदवारले अधिकांश पालिकामा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको

ठूला दलहरुमध्ये नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रबिच गठबन्धन गर्ने बिषयमा छलफल चलिरहेकाले आज उम्मेदवारी दर्ता नभएको बुझिएको दमकमा राप्रपाले माओवादीकाँग्रेसको गठबन्धनसँग तालमेल गरेकाले आज उम्मेदवारी दर्ता गराएन

यता बिर्तामोडमा नेकपा एमाले राप्रपाले मनोनयन दर्ता गराएको नौमती बाजासहितको एमालेको टोलीले बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडी उम्मेदवारको नामावली सार्वजनिक गरेर मनोनयन दर्ताका लागि गएको हो एमालेको तर्फबाट नगर प्रमुखमा पवित्रा महतरा प्रसाई उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौलाले मनोनयन दर्ता गराएका हुन् बिर्तामोड नगरपालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेको एमाले टोलीले चर्को स्वरमा कार्यालयको गेटमा बाजा बजाएर मनोनयन दर्ता गराएको थियो

आजै राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको राप्रपाको तर्फबाट नगर प्रमुखमा ध्रुव उप्रेती उपप्रमुखमा रञ्जु प्याकुरेलले मनोनयन दर्ता गराएका हुन् राप्रपाले अधिकांश वडाका प्रतिनिधीको मनोनयन दर्ता गराएको हो बिर्तामोड १० मा राप्रपाले एमालेसँग सदस्य पदमा तालमेल गर्ने तयारी गरेको

उम्मेदवारी दर्ता गराउन घाइते अवस्थामै निर्वाचन कार्यालयसम्म

नेकपा एमालेको तर्फबाट बिर्तामोड वडा नम्बर को सदस्य पदमा सिफारिस भएका योगचन्द्र आङ्बोहाङ तीन दिनदेखि घाइते अवस्थामा छन् तीन दिन अघि टिपरको ठक्करबाट घाइते भएका उनको बाँया हात भाँच्चिएको उनी नियमित उपचारकै क्रममा छन् आइतबार उनी हातमा क्यानुला बोकेरै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए एण्टिबायोटिकका लागि उनको बाँया हातमा क्यानुला लगाइएको आङ्बोहाङले जानकारी दिए

सम्बन्धित समाचार