२०८३ बैशाख ६ गते , आईतबार

झापामा ७९५ जनाले गराए मनोनयन दर्ता

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ११ गते , आईतबार
झापामा ७९५ जनाले गराए मनोनयन दर्ता

बिर्तामोड वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयनको पहिलो दिन झापामा सय ९५ जनाले मनोनयन दर्ता गराएका छन् पालिका प्रमुखमा ४० जना उपप्रमुखमा ३९ जनासहित ७९५ जनाले मनोनयन दर्ता गराएका हुन्

सबैभन्दा बढी भद्रपुरमा प्रमुख उपप्रमुख सहित ११५ जना बिर्तामोडमा प्रमुख उपप्रमुख सहित ११५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार शिवसताक्षीमा प्रमुख उपप्रमुख सहित ८५ जना, दमकमा प्रमुख र ४ उपप्रमुखसहित ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् मेचीनगरमा प्रमुख र ३ उपप्रमुखसहित ६६ जना, गौरीगञ्जमा अध्यक्ष र उपाध्यक्षसहित ५३ जना, कचनकवलमा / अध्यक्ष उपाध्यक्षसहित ४९ जना, गौरादहमा / प्रमुख उपप्रमुख सहित ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्

त्यस्तै, कनकाईमा   प्रमुख र उपप्रमुखसहित ४६ जना, अर्जुनधारामा प्रमुख र २ उपप्रमुखसहित ४१ जना, हल्दिबारीमा अध्यक्ष उपाध्यक्षसहित ३२ जना, बाह्रदशीमा अध्यक्षसहित ३२ जना, बुद्धशान्तिमा / अध्यक्ष उपाध्यक्षसहित १५ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए झापामा सबैभन्दा कम अध्यक्ष उपाध्यक्षसहित कमल गाउँपालिकामा १२ जनाले मनोनयन दर्ता गराएको नेपालले बताए

झापाका १३१ वडाको वडाध्यक्षका लागि १९६ जना, महिला १४३, दलित सदस्य २८२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको कार्यालयका अनुसार सबैभन्दा कम दलित महिला सदस्यमा १०३ जनाको मात्र उम्मेदवारी दर्ता भएको  

सम्बन्धित समाचार