२०८३ आश्विन १७ गते , शनिबार

वैशाख १२ : भूकम्प गएको दिनको सम्झनामा बिर्तामोडमा दीप प्रज्वलन

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १३ गते , मंगलबार
वैशाख १२ : भूकम्प गएको दिनको सम्झनामा बिर्तामोडमा दीप प्रज्वलन

बिर्तामोड । २०७२ साल वैशाख १२ गते भूकम्प गएको दिन पारेर बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ । आजको दिनलाई कालो दिनको संज्ञा दिँदै श्री छठ पूजा युवा फ्रण्ट बिर्तामोडले दीप प्रज्वलन गरेको हो ।

गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण हजारौँ मानिसको मृत्यु भएको थियो । भूकम्पबाट मृत्यु भएको मानिसहरुको सम्झनामा दीप प्रज्वलन गरिएको युवा फ्रन्टका अध्यक्ष दिपक साहले बताए । फ्रन्टको अगुवाईमा बिर्तामोडको मुक्ति चोकमा भएको कार्यक्रममा महिला मञ्जकी अध्यक्ष हेमलता चौधरीसहित ३० जना बढीको उपस्थिती रहेको साहले जानकारी दिए ।  

सम्बन्धित समाचार