२०८३ बैशाख ६ गते , आईतबार

विकास निर्माणसँगै रोजगारी सिर्जना गर्न आवश्यक : प्रसाई

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २३ गते , शुक्रबार
विकास निर्माणसँगै रोजगारी सिर्जना गर्न आवश्यक : प्रसाई

झापा नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसँगै उद्यमशिलता रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताइन्

स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा नम्बर मा आयोजना गरिएको चुनावी कोणसभालाई सम्वोधन गर्दै उम्मेदवार प्रसाईले यस्तो बताएकी हुन् उनले शिक्षा, पर्यटन, स्वास्थ्यको हबसँगै बिर्तामोडलाई उद्यमशिलता व्यवसायिक करिडोरको रुपमा समेत अघि बढाउने बताइन् उनले व्यवसायिक आधुनिक कृषि प्रणाली पर्यटन प्रवद्र्धनका योजनाहरुलाई पनि अघि बढाउने बताइन्

यसैगरी कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले वडा नम्बर हात्ती प्रभावित क्षेत्र रहेकाले यसको नियन्त्रणका लागि सबै ठाउँमा विद्युतीय तारबार लगाउने बताए उनले देउनीय खोला नदी नियन्त्रणका लागि गुरुयोजना तयार पारेर तारजाली लगाउने प्रतिवद्वता समेत जनाए

यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका उम्मेदवार अविरल कृष्ण खरेलले यस वडामा हर्चना मिलडाँडा हुँदै बिरान जाने सडक सहित कम्तिमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने, विपन्न आवास निर्माण गर्ने, ज्येष्ठ नागरिक भवनको घेराबारा गर्ने विद्युत लगायतका समस्या समाधान गर्ने बताए

नेकपा एमालेले वडा नम्बर मा सुन्दर निचाझोडा सामुदायिक वनलाई सिमसारको क्षेत्रकोरुपमा संरक्षण गर्ने, अग्निपथ निर्माण गर्ने, सहिद नेत्र पार्कलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने, कच्ची सडकलाई कालोपत्रे तथा स्तरोन्नती गर्ने लगायतका महत्वपुर्ण योजनाहरुलाई अघि सारेको

 

सम्बन्धित समाचार