२०८३ बैशाख ६ गते , आईतबार

पाँच बर्षभित्रमा बिर्तामोडलाई १६ बर्षे युवा जस्तो बनाउने कार्कीको घोषणा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २४ गते , शनिबार
पाँच बर्षभित्रमा बिर्तामोडलाई १६ बर्षे युवा जस्तो बनाउने कार्कीको घोषणा

बिर्तामोड       नेकपा एमाले बिर्तामोड नगरकमिटी इञ्चार्ज देवराज कार्कीले अवको वर्ष भित्रमा बिर्तामोडलाई सुन्दर लोभलाग्दो नगर बनाउने बताए

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै उहाँले २०७४ सालको निर्वाचन अघि कुपोषण लागे जस्तो रहेको बिर्तामोडलाई अहिले ३५ वर्षको हट्टाकट्टा युवा जस्तो बनाएको बताए इञ्चार्ज कार्कीले यसलाई अवको वर्ष भित्रमा एमाले नेतृत्वको सरकारले १६ वर्षे युवा जस्तो सुन्दर, सफा, लोभलाग्दो हराबरा बनाउने बताए नेकपा एमालेले नगरको सुन्दर भविष्य समेटिएको १७ वटा वुँदामा प्रतिवद्वता पत्र सार्वजनिक गरेको कार्कीको भनाई

शिक्षा, स्वास्थ्य कृषिहबको रुपमा बिर्तामोडलाई विकास गर्ने नेकपा एमालेको प्रतिवद्वता पत्रमा उल्लेख एमालेले अवको वर्ष भित्रमा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय प्रविधियुक्त बनाउँदै कक्षा १२ सम्म पूर्णरुपमा निशुल्क गर्ने, बिर्तामोडमा रहेको सामुदायिक, नीजि सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्यमैत्री ढंगले अघि बढाउने, असहाय नागरिकहरुलाई स्वास्थ्य विमा मार्फत उपचार गराउने, कृषिलाई आधुनिकिकरण गर्दै लैजाने, वटा चिस्यान गृह माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रतिवद्वता पत्रमा उल्लेख

नगर इञ्चार्ज कार्कीले विपन्न नागरिकहरुलाई रोजगार उत्पादनसँग जोडेर आफ्ना कार्यक्रमहरुलाई अघि बढाउने, उनीहरुको लागि निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य विमा, खानेपानी, विद्युत, शौचालयसहित सुविधायुक्त जनता आवास निर्माण गर्ने बताए यस्तै उनले भूमीहिन नागरिकलाई जग्गाको मालिक बनाएर धनीपुर्जा उपलव्ध गराउने पनि बताए

इञ्चार्ज कार्कीले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार नगर्ने, सुशासन, पारदर्शीता जनमुखी सेवालाई अघि बढाउने बताए उहाँले नगरमा भएका भाषा, कला, संस्कार संस्कृति, साहित्यको विकासको लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने, रोजगार सेवा केन्द्र स्थापना गर्ने पनि  बताए

बिर्तामोडमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा पवित्रा महतारा प्रसाई उपप्रमुखमा नगेन्द्र प्रसाद संग्रौला उम्मेदवार छन् उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई अघि बढाईरहेका छन् शनिबार नगरप्रमुख उपप्रमख पदका उम्मेदवारसहित वडा नम्बर मा घरदैलो कार्यक्रम गरिएको वडा नम्बर मा वडाध्यक्ष राहुल कुमार शर्मा सदस्यहरुमा खुल्ला महिला तर्फ रमादेवी राजवंशी, दलित महिला तर्फ निर्मलादेवी सुनुवार, सदस्यमा उमेश राउत केशवकुमार श्रेष्ठ रहेका छन्

 

 

 

सम्बन्धित समाचार