२०८३ बैशाख ६ गते , आईतबार

को हुन् बिर्तामोडमा उपप्रमुख पदकी उम्मेदवार रञ्जु प्याकुरेल ?

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २४ गते , शनिबार
को हुन् बिर्तामोडमा उपप्रमुख पदकी उम्मेदवार रञ्जु प्याकुरेल ?

स्थानीय तह निर्वाचनका लागि बिर्तामोड नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिने रञ्जु प्याकुरेल बिर्तामोड निवासी हुन् ताप्लेजुङको फुङलिङमा २०२८ सालमा जन्मिएकी रञ्जुले स्नातक तहसम्मको अध्ययन गरेकीछिन् राप्रपाभित्र निडर स्पष्टवक्ता युवा नेत्रृको रुपमा स्थापित प्याकुरेल ३१ बर्षदेखि निरन्तर राजनीतिमा सक्रिय छिन्

बलभद्र जनता माविमा कक्षा मा अध्ययनरत रहेकै बेला २०४१ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध भएर राजनीतिक जीवन शुरु गरेकी प्याकुरेल राप्रपाको बिर्तामोड नगर अध्यक्ष हुन् एमाले नेता रविन कोइरालालाई राजनीतिक गुरु मान्ने प्याकुरेल २०४६ सालमा मेची क्याम्पसमा पढ्न शुरु गरेसँगै राजेन्द्र लिङदेनको नेतृत्व राप्रपाको नीतिबाट प्रभावित भएको बताउँछिन् त्यस यता उनी निरन्तर राप्रपामा आवद्ध भएर राजनीति गर्दै आएकीछिन्

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि बिर्तामोड को महिला सदस्य पदको उम्मेदवार बनेकी प्याकुरेल अहिले उपप्रमुख पदको उम्मेदवार बनेकीछिन् महिलाको समस्या राम्रोसँग बुझेकी प्याकुरेलको घरमा दिनहुँ थुप्रै मानिस समस्या लिएर आउने गरेको सुनाउँछिन्

केहि समय अघि सम्पन्न राष्ट्रिय सभा सदस्य पदमा प्रदेश बाट उम्मेदवार बनेकी उनले आफ्नो पार्टीको मत सुरक्षित गर्नुपर्छ भन्ने अडान राखेकै कारण नेकपा एमालेसँग गठबन्धन नभएको बताउँछिन् आफ्नो सम्पूर्ण जीवन नै राजनीतिमा बिताएको बताउने प्याकुरेल बाँकी समयपनि समाजसेवामा नै समर्पित गर्ने सोँच रहेको बताउँछिन्

बिर्तामोड उद्योग वाणिज्य संघको चुनावमा सम्मानजनक मत ल्याएकी प्याकुरेल स्थानीय तह निर्वाचनमा जसै जीत हासिल गर्ने सोँचमा रहेकीछिन् राष्ट्रियता, स्वाधिनता मौलिकताको पक्षमा राप्रपा रहेको हिन्दु धर्म मुल्यमान्यताको जगेर्ना गर्दै सबै भाषाभाषी, जातजाति, धर्म, लिङ्ग, वर्ण आदिसँग समभावका साथ काम गर्ने नीति रहेका कारणपनि आफुले जित्ने उनको दाबी

बिर्तामोडमा नै रहेर १५ बर्षसम्म शिक्षणसँगै राजनीति गरेका कारण यहाँको भूगोल, सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक लगायत सम्पूर्ण पक्षको राम्रो जानकारी भएकाले जनप्रतिनिधी हुने अवसर पाएमा समृद्ध बिर्तामोड बनाउनका लागि अहम् भूमिका खेल्न सक्ने उनको धारणा विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरेको, विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएको आदि कारणबाट पनि बिर्तामोडका आम मानिसले आफुलाई चिन्ने भएकाले आफुले मत पाउनेमा प्याकुरेल विश्वस्त छिन्

सम्बन्धित समाचार