२०८३ आश्विन १७ गते , शनिबार

अर्जुनधारामा एमालेले जितिसक्यो : अग्नी खरेल

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २६ गते , सोमबार
अर्जुनधारामा एमालेले जितिसक्यो : अग्नी खरेल

अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताएका छन् । आज अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्ज समेत रहेका नेता खरेलले अर्जुनधारमा एमालेले मेयर उपमेयर पदमा चुनाव जितिसकेको अवस्था रहेपनि औपचारिक घोषणकालागि बैशाख ३० पर्खिएको बताए ।

उहाँले अर्जुनधारामा सबैको साझा सहमतिमा एमालेले युवा नेता बलदेव गोम्देन तामाङलाई मेयर पदको उम्मेदवार बनाएसँगै अन्य दलका मेयर पदका आकांक्षीहरुको उतिबेलै भागाभाग भएको बताए । गोम्देन उम्मेदवार चुनिएसँगै मुख्य प्रतिस्पर्धी कांग्रेसले उम्मेदवार नै परिवर्तन गरेको दावी गरे ।

अहिले देखिएका नेकपा एमालेका उम्मेदवारहरुप्रति जनताको आकर्षणले चुनाव जितिसकेको सहजै अनुमान गर्न सकिने उनले बताए । नगरबासीमा लोकप्रिय नेता बलदेवले ५ बर्षको अवधिमा १० नम्बर वडामा वडाध्यक्ष हुँदा गरेका काम, विकासप्रतिको लगाव नै चुनाव जित्ने आधार भएको नेता खरेलको भनाई थियो ।

गठबन्धन गरेर कांग्रेस र माओवादी केन्द्र संसदीय व्यवस्थाको खिलापमा उभिए

त्यस्तै चुनावी कोणसभालाई सम्बोधनको क्रममा नेता खरेलले उदार लोकतन्त्रको कुरा गर्ने कांग्रेसले माओवादी केन्द्रसँग मिलेर ल्याउने व्यवस्था कस्तो हुन्छ ? भन्दै प्रश्न गरे । उनले केवल राजनीतिक दलको स्वार्थकालागि गठबन्धन भएकाले मुलुककालागि दुर्भाग्य भएको बताए । दुनियाँमा सरकार बनाउनकालागि गठबन्धन भएका थुपै उदाहरण रहेपनि स्थानीय सरकारका प्रतिनिधिलाई जनताले प्रत्यक्ष चुन्ने निर्वाचनमा गठबन्धन भएको यो नै पहिलो भएको पनि तर्क गरे ।

उनले बिचारका आधारमा संगठित गर्ने पद्धतिलाई कांग्रेस र माओवादी केन्द्रले ध्वस्त पारेको भन्दै ती दल संसदीय व्यवस्थाको खिलापमा उभिएको आरोप लगाए ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट अर्जुनधाराको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुलीले समृद्ध नगर निर्माण गर्ने योजना पुरा गराउनका लागि आफुहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरेका थिए ।

 

 

 

सम्बन्धित समाचार