२०८३ बैशाख ६ गते , आईतबार

गठबन्धनको माहोल देखेर विपक्षी आत्तिए : सिटौला

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २६ गते , सोमबार
गठबन्धनको माहोल देखेर विपक्षी आत्तिए : सिटौला

बिर्तामोड बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको टीम बिर्तामोडमा विजयी हुने माहोल देखेपछि विपक्षी आत्तिएको गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवार भोजराज सिटौलाले बताए उनले चुनावी कोणसभाको क्रममा बिर्तामोड वडा नम्बर मा आज सोमबार भएको कार्यक्रममा बोल्दै गठबन्धनको माहोल देखेर विपक्षीहरु आत्तिएको बताएका हुन्

गठबन्धनको माहोल देखेर आत्तिएको विपक्षीले फलानोलाई हराउँछु भन्न थालेको उनले बताए अरुलाई हराउँछु हैन आफु जित्छु भनेर हिड्ने हो, उनले भने यस पटकको निर्वाचन गठबन्धनले जित्ने सिटौलाले जिकिर गरे निवर्तमान जनप्रतिनिधीले गरेको बेइमानीका कारण जनताले यस पटक गठबन्धनलाई मत दिन आतुर रहेको सिटौलाको भनाई थियो अधिकांश ठाउँमा उहाँहरु प्रति आक्रोश , सिटौलाले भने,‘आफ्नो मान्छे नभए अर्को ठाउँबाट ल्याएरपनि उपभोक्ता समिति बनाएका छन्, त्यसको मतलब के हो?

नेकपा एमालेको बहुमतको सरकार भएपनि त्यहि भित्रको आन्तरिक विवादका कारणपनि कतिपय काम नभएको उनले बताए मेयर उपमेयरको विवादले कतिपय बैठक स्थगित भयो, उनले भने,‘प्रवक्ताले झन् कहिले कुनै योजना नै राख्नु भएन अहिले आएर ठूला नेताहरु जनप्रतिनिधीले गरेको हिजोको गल्तीको साक्षी बस्न थालेको बताए

त्यस्तै उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले बिर्तामोडको समृद्धिका लागि गठबन्धनको अवधारणा काफी रहेको बताए बिर्तामोडमा त्यस्तो ठूलो समस्या नभएपनि समस्यालाई हाउगुजी बनाइएको बताए बिर्तामोडको फोहोरलाई ठूलो समस्याको रुपमा लिइएपनि त्यसलाई मोहरमा बदल्ने योजना आफुहरुसँग रहेको बताए फोहोर जहाँ खुल्ला देख्यो त्यहाँ लग्यो फ्याँक्यो तर त्यसलाई मोहरमा बदल्ने सोँच नै बनेन, उनले भने आफूहरुले पश्चिम स्टेण्डदेखि मेघाबारी जाने बाटोमा बजेट ल्याएर काम शुरु गरेको तर जनप्रतिनिधी निर्वाचित भएको भोलिपल्टै काम रोकेर बजेट फ्रिज गराएको कडरियाले बताए

वडाध्यक्ष पदका उम्मेदवार बलराम कार्कीले यस अघिका जनप्रतिनिधी वडाबासीको सेवक हैन मालिक बनेको आरोप लगाए वडाबासीलाई विकासमा विभेद गरिएको बताउँदै कार्कीले निर्माण सामाग्री खरिदमा एकाधिकार कायम गरिएको बताए फेरिपनि त्यहि जनप्रतिनिधी निर्वाचित भएमा जनताका घरजग्गाको सुरक्षा हुन नसक्ने कार्कीले बताए

बिर्तामोड वडा नम्बर मा वडाध्यक्ष पदमा कार्की, महिला सदस्यमा जया अधिकारी खनाल, दलित महिला रनमाया रसाइली वडा सदस्यहरुमा प्रकाश खतिवडा रामकुमार राउत चुनावी मैदानमा छन्

सम्बन्धित समाचार