२०८३ बैशाख ६ गते , आईतबार

कस्ता छन् बिर्तामोडका उपप्रमुख पदका उम्मेदवार सिग्देलका नगर विकासका अवधारणा ?

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २७ गते , मंगलबार
कस्ता छन् बिर्तामोडका उपप्रमुख पदका उम्मेदवार सिग्देलका नगर विकासका अवधारणा ?

झापाको बिर्तामोड नगरपालिकामा उपप्रमुख पदमा जनाको उम्मेदवारी परेको उनीहरु मध्येका एक हुन तीर्थराज सिग्देल नेकपा एकिकृत समाजवादीको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका सिग्देल बिर्तामोड मा बसोबास गर्छन् अढाई दशक पत्रकारितामा बिताएका सिग्देल प्रेस चौतारी नेपालको चार कार्यकाल केन्द्रीय सदस्य भएका थिए हाल नेकपा एकिकृत समाजवादी पार्टीका झापा जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख सिग्देल पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य समेत हुन्

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुँदै राजनीतिमा आफूलाई अग्रसर गराएका सिग्देल २०४७ देखि २०४९ सम्म एमाले निकट अनेरास्ववियु दमक बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीमा सक्रिय रहे २०५१ सालदेखि पत्रकारितालाई पेशाको रुपमा अंगालेका सिग्देलले करिब २८ बर्ष पत्रकारितामा बिताए उनका विभिन्न विधाका वटा पुस्तक प्रकाशित छन्

लामो समय पत्रकारितामा रहेर समाजका विभिन्न आयामलाई नजिकबाट नियालेका सिग्देललेसमृद्ध बिर्तामोडको आधार शिक्षा, स्वास्थ्य व्यवसायीक नगर भन्ने नारा अगाडी सारेका छन् त्यहि नारालाई पूरा गर्न उनले थुप्रै अवधारणा विकास गरेका छन्  

पूर्वकै एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै विकास समृद्धिको मार्गमा अगाडि बढिरहेको बिर्तामोड अनेकन विशेषतायुक्त भएको सिग्देल बताउँछन् यस नगरलाई खास गरेर शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय होटल व्यवसायको उपयुक्त केन्द्रको रुपमा विकास गर्ने उनको लक्ष्य आफ्नो नगरप्रति गौरव गर्ने वातावरण सिर्जना गर्ने मेरो नगर मेरो गौरव भन्ने सोचलाई अगाडि बढाउने योजना रहेको उनी बताउँछन्

सिग्देलका अनुसार सहर सभ्यता हो भन्ने कुरालाई आत्मसात गरेर यहाँका नागरिकसँग हातेमालो गरेर अगाडि बढ्ने विकासलाई कतै थोपर्ने कतै अभाव हुने स्थितिको अन्त्य गर्ने अभियान रहनेछ बिर्तामोड नगरलाई वाणिज्य, शिक्षा स्वास्थ्यको हब बनाएर लैजानका लागि निम्न अवधारणा उनले अगाडि सारेका छन् :

बिर्तामोडलाई एउटा भरपर्दो वाणिज्य केन्द्रको रुपमा विकास गर्न मुक्ति चोकको सय मिटर क्षेत्रमा सडक सफा राख्ने सबै बाटो पीच वा पेवर्स लगाएर सुन्दर, आकर्षक बनाउने ब्यूटिफिकेसन गर्ने त्यसका लागि व्यापारीहरुको सहभागितामा एउटा समिति बनाउने काम गने बिर्तामोडलाई वाणिज्य हबको रुपमा विकसित गर्ने आफ्नो क्षेत्रका उत्पादनलाई प्रोत्साहन गर्न लोगो प्रदान गर्ने यस क्षेत्रका व्यवसायीहरुले लगानी गरी उत्पादन गरेका वस्तुहरुलाई प्रोडक्ट अफ बिर्तामोड भनेर ब्रान्डिङ गर्ने सहकारी संस्थाहरु, गैर सरकारी संस्था बैंक तथा वित्तीय संस्थाहरुलाई विकासको साझेदार संस्थाको रुपमा लिँदै साझेदारीमा कार्य गर्ने

बिर्तामोडमा १८ वटा सरकारी विद्यालय, ६० भन्दा बढी निजी विद्यालय छन् कलेजहरु, विभिन्न नीजि प्राविधिक कलेज स्कुलहरु छन् यो संख्या अवस्थालाई हेर्दा बिर्तामोडलाई शिक्षा क्षेत्रको हब मान्न सकिन्छ यस क्षेत्रको प्रबर्धन विकास गर्न शैक्षिक विकास प्रतिष्ठान गठन गरेर जान सकिन्छ त्यो क्षेत्रका समस्या हल गरेर उन्नत शैक्षिक गुणस्तर कायम राख्न सोही क्षेत्रसँग समन्वय गरेर काम गर्ने स्थानीय पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्ने

स्वास्थ्य क्षेत्रमा पनि बिर्तामोड अग्रणी मेडिकल कलेज, आँखा अस्पतालहरु, निजी स्तरबाट खुलेका अस्पतालहरुले यहाँको सेवा प्रवाहसँगै आर्थिकस्तर मात्र बढाएका छैनन्, चहलपहल गुणात्मकतालाई पनि बृद्धि गरेका छन् तसर्थ बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको हब बनाउने वातावरण बनाउने बिर्तामोडको नगर अस्पताललाई स्तरीय बनाउने रेफरल सेन्टर बनाउन पहल गर्ने

शहर ग्रामीण बस्तीलाई फरक फरक प्रकृतिको विकासको वितरण प्रणाली अवलम्बन गर्ने यहाँका वडाहरु , , , , , लाई शहरको रुपमा विकास गर्ने , , १० लाई कृषि तथा पशुपालन क्षेत्रको रुपमा अगाडि बढाउन मद्दत गर्ने शहरभित्र अपार्टमेन्ट, मिनी मार्केट डिपार्टमेन्ट स्टोर खोल्न सहजीकरण गर्ने रात्रीकालीन बजार चलाउन सहयोग गर्ने

बिर्तामोड एउटा राजनीतिक केन्द्र हो तसर्थ यहाँको कुनै स्थानमा खुल्ला मञ्चका लागि जग्गाको खोजी गर्ने निर्माण गर्ने

बिर्तामोडमा रहेका पर्यटकीय स्थलहरुलाई जोड्न सर्किट बनाउने होम स्टेहरु बनाउने सन्थाल, राजवंशी अन्य इच्छुक समुदायलाई यस कार्यमा प्रेरित गर्ने बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाकाहरुमा आकर्षक बिर्तामोडको पहिचान झल्कने चित्र अङ्कित स्वागत गेट निर्माण गर्ने

होटल तथा पर्यटन केन्द्रहरुलाई उत्प्रेरित गर्दै प्रत्येक होटलबाट एउटा कोठा लागे बराबर सय रुपैयाँ संकलन गरेर पर्यटन क्षेत्रको विकासमा खर्च गर्ने एउटा प्रणाली वा संयन्त्र बनाउने

भौतिक विकासका लागि तोक वा भनसुनका आधारमा चल्ने प्रणालीको अन्त्य गर्ने आवश्यकताको आधारमा समान वितरण प्रणाली अवलम्बन गर्ने कार्यकर्ता पोेस्ने वा झोला बोकेर नगरपालिका वा अन्य निकायमा धाउनु पर्ने त्यसैबाट जीविका चलाउने गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने

बिर्तामोडको कृषि थोक बजार स्थललाई स्तरीकरण गरेर त्यसको वरपर हुने यातायातको जाम हटाउन छेउछाऊमा रहेका गोदामघर हटाउने वरिपरिका बाटामा चार चक्केभन्दा ठुला गाडी प्रवेश निषेध गर्ने अझ त्यस्ता गोदामघरहरुलाई मुक्तिचोक भन्दा सय मिटर पर लैजाने वातावरण बनाउने

बिर्तामोड सञ्चारक्षेत्रको पनि हब हो, जसलाई व्यवस्थित नियमित गर्न वार्षिक बजेट विनियोजन गर्ने यहाँका जाति, जनजाति, भाषा, संस्कृति, साहित्य क्षेत्रको प्रबद्र्धन विकास गर्न बिर्तामोड प्रज्ञा प्रतिष्ठान गठन गरेर काम गर्ने

सहरको सौन्दर्यता झल्काउन टोल विकास समितिहरुसँग समन्वय गरेर घरहरुमा एकै प्रकारका रङ लगाउन सहयोग गर्ने प्रत्येक टोलमा कम्तिमा एउटा टोलको पहिचान झल्कने आकृति वा चिन्ह राख्न प्रेरित गर्ने

कनकाईको सिमानादेखि मेचीनगरको सिमानासम्म अर्जुनधाराको सिमानादेखि भद्रपुरको सीमासम्म सडकको दुई किनारमा ठूलाठूला सडक बत्ती राख्ने जसका कारण रात्रीकालिन समयमा सवारी साधन सञ्चालन गर्न सहज हुने दुर्घटना रोक्न सहज हुनेछ

यहाँ बसोबास गर्ने जात, जातिका अन्य सांस्कृतिक पर्व लगायत कुनै समूहले सडक उत्सव, पर्यटन केन्द्रित कार्यक्रम गर्न चाहेमा आव्हान गर्ने उनीहरुलाई निश्चित बजेट विनियोजन गर्ने

डोमालाल रंगशालाको स्वामित्व ग्रहण गराउन पहल गर्ने रंगशाला बनाउन थप बजेटको व्यवस्थापन गर्न मद्दत गर्ने साथै खेलकुद विकास समितिलाई जिम्मेवार बनाई तालिका बनाएर गतिविधि गर्न लगाउने

खोलानाला भनेका हाम्रा धरोहर हुन् यहाँ रहेका अदुवा, रेखा, देउनियालगायतका खोला नालाहरुको संरक्षण, सम्बद्र्धन गर्न विशेष पहल गर्ने अदुवा खोलालाई सफा राख्न विशेष कार्ययोजना अगाडि बढाउने

शहरका १० स्थानमा रहेका सरकारी जमीनमा पार्क निर्माण गर्न सहयोग गर्ने ती स्थानलाई स्वास्थ्य पार्कको रुपमा विकसित गर्ने

महिला, अल्पसंख्यक आदिवासी, जनजाति, दलित, अपाङ्ग पछाडि पारिएको समुदायलाई उत्प्रेरित गर्ने कामको कार्ययोजना पेश गर्न सोही समुदायसँग माग गरेर जाने

फोहोर मैलाको समुचित व्यवस्थापनका लागि हाल भइरहेको कार्य पर्याप्त छैन, यसलाई नगरले आफै समाधान गर्ने

बिर्तामोड नगरका सार्वजनिक स्थानहरुमा स्मार्ट सार्वजनिक शौचालयहरुको निर्माण गरिनेछ

सुकुम्बासी समस्याको समाधान गर्न भूमि आयोगसँग मिलेर काम गर्ने

कार्यकाल भित्रमा बिर्तामोडमा घर भई विश्वभर रहेका नेपालीहरुलाई निमन्त्रणा गरेर बिर्तामोड विश्व सम्मेलन गर्ने लगानी भितर््याउने वातावरण बनाउने

आपतमा नगर, विपदमा नगर अभियान चलाइनेछ यसका लागि नगर प्रहरी, बारुण यन्त्रसँगै क्विक भोलेन्टियर ग्रुप निर्माण गरेर परिचालन गर्ने

युवा पलायनको दर घटाउन युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने

सम्बन्धित समाचार