२०८३ बैशाख ६ गते , आईतबार

एमालेका वडा सदस्यले त्यागे उम्मेदवारी, गठबन्धनलाई सहयोग गर्ने घोषणा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २७ गते , मंगलबार
एमालेका वडा सदस्यले त्यागे उम्मेदवारी, गठबन्धनलाई सहयोग गर्ने घोषणा

दमक नेकपा एमालेका तर्फबाट वडा सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् दमक नगरपालिका वडा नम्बर का एमालेको तर्फबाट वडा सदस्य पदका उम्मेदवार गुमानसिंह तामाङ्गले आफुले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्

आज एक विज्ञप्ति जारी गर्दै तामाङ्गले उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् दमकमा चुनावी घरदैलो कार्यक्रममा जाँदा वडाबासीको सद्भाव तथा समर्थन संयुक्त गठबन्धन दललाई देखिएको भन्दै उनले आफुले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् नगरप्रमुख पदमा राम थापा, उपप्रमुख पदमा रेगिना भट्टराई (प्रसाईँ) वडाध्यक्ष पदमा भीम पौडेललाई नगरबासीको व्यापक जनसमर्थन देखिएको त्यहि समर्थन तर्फ लाग्नु उचित भएको महशुस गरेको विज्ञप्तिमा उल्लेख उनले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गर्दै आजैदेखि गठबन्धन दललाई सघाउने घोषणासमेत गरेका छन्

सम्बन्धित समाचार