२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा एमालेको अग्रता

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ३१ गते , शनिबार
बिर्तामोडमा एमालेको अग्रता

बिर्तामोड । झापाको बिर्तामोडमा मतगणना जारी छ । अहिले वडा नम्बर एकको मतपेटिकाबाट गणना भैरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिर्तामोड वडा नम्बर १ मा ४६०२ मतदाता रहेकोमा ३३८४ मत खसेको थियो ।
बिर्तामोडमा प्रमुख दलबाट नगरप्रमुखमा एमालेबाट पवित्रा महतरा प्रसाईं, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भोजराज  सिटौला र राप्रपाबाट ध्रुव उप्रेती, उपप्रमुखमा एमालेका नगेन्द्रप्रसाद संग्रौला, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सिपी कडरिया, राप्रपाको तर्फबाट रन्जु प्याकुरेल, नेकपा एकीकृत समाजवादीका तिर्थराज सिग्देल चुनावी मैदानमा छन ।
वडा नम्बर १ मा वडाध्यक्षमा एमालेबाट अग्नि पाण्डे, कांग्रेसका बलराम कार्की र राप्रपाबाट जनक खड्का उम्मेदवार छन ।

               कांग्रेस  एमाले  राप्रपा   माओवादी नेकपा एस
प्रमुख-       ३५९   ५२१    १०१         -             -
उपप्रमुख-      -     ५२४    १३७       २१०         ११
वडाध्यक्ष-    ३९५   ४९४    १०१         -           ६

सम्बन्धित समाचार