२०८३ बैशाख ६ गते , आईतबार
इलाम वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका गायत्रीराम बस्नेत विजयी
बिर्तामोड । इलामको इलाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत विजयी भएका छन् । बस्नेतले ११८१ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अम्बिका गौतमले १०२२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय इलामले जानकारी दिएको छ ।
सदस्यमा नेपाली कांगे्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् । त्यस्तै एक सदस्यमा भने नेकपा एमालेका खड्गबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनको तर्फबाट सदस्य पदका उम्मेदवार नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने पराजित भएका छन् । वडा नम्बर १ मा ३१०५ जना मतदाता रहेकोमा २२९५ मत खसेको थियो ।