२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडको मत गणना रोकियो, समस्या समाधानका लागि पहल हुँदै

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ३१ गते , शनिबार
बिर्तामोडको मत गणना रोकियो, समस्या समाधानका लागि पहल हुँदै

बिर्तामोड बिर्तामोड नगरपालिकामा भइरहेको मत गणना रोकिएको मत गणनामा करारका कर्मचारी प्रयोग भएको स्वच्छ गणना नभएको भन्दै गठबन्धन दलका प्रतिनिधीहरुले आशंका जनाएपछि मत गणना रोकिएको हो

हिजैदेखि गठबन्धन दलका प्रतिनिधिलाई भित्र प्रवेशमा नै टाइट गरिएको थियो, नेकपा माओवादी केन्द्र बिर्तामोडका नगर सचिव गणेश कालिकोटेले भने,‘सबै सेटिङमा कर्मचारी प्रयोग गरेर मत प्रभावित पार्न खोजिएको हाम्रो आशंका सबै कर्मचारीको सेट परिवर्तन नगरिएसम्म मत गणना गर्ने बिषयमा हाम्रो सहमति हुँदैन, उनले भने बेलुका व्यालेट बक्स राखिएको स्थानमा नेकपा एमालेका प्रतिनिधिलाई निर्वाध जान दिइएको तर गठबन्धनका प्रतिनिधि जानलाई रोक लगाइएको उनले बताए उनका अनुसार शनिबार विहान मत गणना सुरु भएपश्चात पनि गठबन्धनका प्रतिनिधिलाई कडाई गरिएको भन्दै विरोध भएको थियो

बिर्तामोडका निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले मत गणना अहिलेलाई रोकिएको स्वीकार गरे वास्तविकता बुझ्ने कार्य भइरहेको जनाउँदै काफ्लेले समस्या भए समाधान गरेर गणना प्रक्रिया सुचारु गरिने बताए मत गणना केहि प्रभावित भएको भन्ने खबर आएको नयाँ कर्मचारीको सेट व्यवस्थापनका लागि काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिए

सम्बन्धित समाचार